“काठमाडौंलाई महासागरको पानी” विमोचित

समाचार

५ साउन २०८०, काठमाडौं

काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमकावीच साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “काठमाडौंलाई महासागरको पानी” एवम् बुढाथोकीकै साहित्यिक पत्रिका शिवपुरी सन्देशको शताङ्कको प्रमुख अतिथि नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेल तथा मञ्चासिन लेखक स्वयम् समेतले सामुहिक रुपमा विमोचन गरे ।
शिवपुरी साहित्य समाजको आयोजनामा भएको सो कार्यक्रमको शुरुमा लेखक बुढाथोकीले अभ्यागतहरुको स्वागत गर्दै आफ्नो साहित्य यात्राबारे प्रकाश पारेका थिए ।
बिमिचित कृतिहरुमध्य नियात्रा कृति काठमाडौंलाई महासागरको पानी” को विषयमा अनुपमा रेग्मीले तथा शिवपुरी सन्देशको शताङ्कको वारेमा युवराज मैनालीले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
साहित्यकार विष्णुबहादुर सिंहको सभापतित्वमा सम्पन्न सो समारोहको अन्तमा साहित्यकार शंकर भारतीले धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन साहित्यकार दीपक लोहनीले गरेका थिए ।
(फोटो सौजन्यःसुभाषचन्द्र पौडेल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *