मातृभूमि साहित्य समाजद्वारा ५ प्रतिभा पुरस्कृत

समाचार

५ साउन २०८०, हेटौंडा

हेटौंडास्थित मातृभूमि साहित्य समाजले साहित्य र शैक्षिक क्षेत्रमा योगदान पुर्याउने ५ प्रतिभाहरुलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा आरआर चौलागाईं, डा. शैलेन्दुप्रकाश नेपाल, रामचन्द्र फूर्सती, लकाश पौडेल तथा मालती उप्रेती रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा. गोविन्दराज भट्राईले सो पुरस्कार समर्पण गरेका थिए । समारोहमा प्राडा. नारायण खनाल विशिष्ट अतिथि, विशेष अतिथिका रूपमा कवि गोविन्द विनोदी, कवि गजलकार केशव आमोदी तथा गजलकार धनराज गिरी रहेका थिए ।
सो कार्यक्रम समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *