७०० पेजको ‘मैले देखेको नेपाल’पुस्तक विमोचित

समाचार

६ साउन २०८०, काठमाडौं

पूर्व कानुन सचिव तथा लेखक डा. त्रिलोचन उप्रेतीद्वारा लिखित ‘मैले देखेको नेपाल'( (२०३५-२०८०, हामी कहाँ चुक्यौं ?) काठमाडौंमा एक समारोहका वीच विमोचन भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित समारोहमा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री टोपबहादुर सिंहले करिव ७०० पृष्ठको सो कृति विमोचन गरे । कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा वर्तमान र पूर्व न्यायाधीश, प्रशासक, प्राध्यापक, कानुन व्यवसायी, लेखक/साहित्यकार, पत्रकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सो पुस्तक आधिकारिक सूचनामा आधारित, गहन विश्लेषणात्मक र पठनीय रहेको विमोचन समारोहमा बताइयो ।

(फोटोः नेप्रप्र‍का पूर्व सदस्य सचिव प्रा. डा. जगतप्रसाद उपाध्यायको फेसबुकबाट)

Leave a Reply