१३ साउन २०८०, काठमाडौं
नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र,सुकेधाराद्वा नव पुस्तकालयको चौधौँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल तथा प्राध्यापक डा.गोविन्दप्रसाद आचार्यले आ-आफ्नो जीवनका अनुभव र अनुभूति प्रस्तुत गरे ।
उक्त कार्यक्रम नेपाल सरकारका पूर्व सचिव जयमुकुन्द खनाल तथा पत्रकार पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रचना वाचन समेत रहेको सो कार्यक्रममा डा. अर्जुनदेव भट्ट, विजयध्वज थापा, सुभाषचन्द्रपौडेल भीमफेदीया,रुद्र अधिकारी, हरिभक्त सिग्देल, निर्मल पराजुली,रामचन्द्र खनाल, महेश रिजाल,सुरेश बैद्य, ध्रुव गजुरेल,सागर भट्ट, दुर्गा किरण तिवारी, जगन्नाथ भट्टराई, ढुण्डीराज पोखरेल, सुन्दर खड्का, राजेन्द्र बर्तौला, निरा निरौला,मन्जुश्री प्रधान,एम पि पाण्डे, दुर्गा अधिकारी, माधव बिंडारी,रामचन्द्र क्षेत्री,रोमा लम्साल, सुचिता काफ्ले आदि कवि कवयित्रीहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।
मिलन केन्द्रका संस्थापक अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा केन्द्रको आफ्नै भवनमा सम्पन्न कार्यक्रमको शुरुमा युवराज मैनालीले स्वागत मन्तव्य प्रकट गरेका थिए ।
(काठमाडौंबाट सुभाषचन्द्र पौडेलको सहयोगमा शब्द तथा फोटो)