जानुका खतिवडाको उपन्यास ” आतो ओडा लाई ” रामराज पन्त स्मृति पुरस्कार

समाचार

१२ साउन २०८०, काठमाडौं

पन्त स्मृति प्रतिष्ठानले उपन्यासकार जानुका खतिवडाको उपन्यास आतो ओडा लाई रामराज पन्त स्मृति पुरस्कार- २०७”  प्रदान गर्ने निर्णय गरेको छ । विसं २०५८ सालदेखि प्रत्येक वर्ष दिईंदै आएको यो पुरस्कार सर्वप्रथम सुष्मिता नेपालले प्राप्त गरेकी थिईन् । त्यसपछि श्रेष्ठ प्रिया पत्थर , विन्ध्या सुब्बा, सुशीलचन्द्र श्रेष्ठ, कृष्ण धरावासी, नयनराज पाण्डे, पीताम्बरा उपाध्याय ‘पीयूष’, मुलीवीर राई, चन्द्रकान्त आचार्र्य, गोविन्दराज भट्टराई, कृष्णराज खनाल, भुननारायण जोशी,  किरण रिमाल, बुद्धिसागर, अमर न्यौपाने, उमा सुवेदी, अनिता शर्मा काफ्ले, भुवनहरि सिग्देल, कल्पना श्रेष्ठ, मीरा गोतामेले पाइसकेका छन् ।

पुरस्कारको राशी सुरुमा रु १० हजार थियो भने विसं २०७३ देखि रु २५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *