१७ जुलाई २०२३, वाशिंटन डिसी
नेपाली वाङ्मयका जनकविकेशरी धर्राज थापाको जन्म आजैका दिन १ साउन १९८१ सालमा पोखराको बाटुले चौरमा भएको थियो । उनको पहिलो रचना विसं २००३ सालमा “पहाडी जीवन” प्रकाशित भएको थियो ।
विशेषतः लोकगीत सङ्कलन, गायनले उनलाई लोकप्रिय बनायो । उनले देशव्यापि भ्रमण गरेर नेपाली लोकगीतको भण्डारलाई पाठक श्रोतासमक्ष प्रस्तुत गरे । उनको “हरियो डाँडामाथि हलो जोत्ने साथी, हह तारे हह, हह मालौ हह” लोकप्रिय कर्णप्रिय रचना हो जुन उनकै स्वरमा सदावहार गीत बन्यो ।
उनले “मङ्गली कुसुम” खण्डकाव्यका लागि विसं २०२५ सालको मदन पुरस्कार पाएका थिए । त्यस्तै विसं २०५७ सालमा जगदम्बाश्री पुरस्कार पनि पाएका थिए । नेपाली साहित्यमा मदन पुरस्कार गुठीले परदान गर्ने मदन पुरस्कार र जगदम्बाशरी पुरस्कार प्राप्त गर्ने प्रतिभा बहुत कम छन् ।
उनले व्यापक रुपमा नेपाली भाषी भारतका विभिन्न क्षेत्रको भ्रमण गरी “नेपालीले माया मार्यो बरिलै..” गाएर सारा नेपालीलाई धर्धरी रुवाएका थिए ।
उनलाई अमेरिकामा समेत अभिनन्दन गरिएको थियो ।
उनको निधन विसं २०७१ असोज २८ का दिन काठमाडौंमा भएको थियो ।