साहित्यपोष्ट उत्तम कृति पुरस्कार यशोधरा, मफलर र मुटुसँगको यात्रा लाई

१८ असार, २०८०, काठमाडौं प्रत्येक बर्ष प्रकाशित कुनै पनि लेखकको पहिलो पुस्तकलाई प्रदान गरिने साहित्यपोष्ट उत्तम पुरस्कार विसं २०७९ सालमा प्रकाशित पुस्तक मध्ये काव्य विधाका लागि “मफलर”, आख्यान बिधाका लागि “यशोधरा” तथा गैर आख्यानका लागि “मुटुसँगको यात्रा” लाई घोषणा तथा पुरस्कार वितरण समारोहको आयोजना गरियो । “मफलर” कृति गजल सङ्ग्रहका गजलकार प्रदीप रोदन हुन् । […]

Continue Reading

साहित्यकार विजय खरेलको अमेरिकामा निधन

२ जुलाई २०२३, वाशिंटन डिसी झापा नेपालका साहित्यकार विजय खरेलको आज २ जुलाई २०२३ का दिन अमेरिकाको टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा निधन भएको छ । उनलाई केही समयअघि गम्भिर बिमारी भै त्यस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेण्टिलेटरमा राखिएको थियो । उनी जेठो छोरा प्रयासको निम्तोमा जेठ १९ गते अमेरिका भ्रमणमा सपत्नी आएका थिए […]

Continue Reading

आज २ जुलाईः हरिभक्त कटुवाल जन्म जयन्ती

२ जुलाई २०२३ नेपाली भाषाका ख्यातिप्राप्त कवि तथा गीतकार हरिभक्त कटुवालको आजकै दिन २ जुलाई १९३५ भारतको वोगिविल, डिब्रुगढ आसाममा जन्म भएको थियो । उनका प्रकाशित कृतिहरु सम्झना (सन् १९६०) गीत सङ्ग्रह, ऐतिहासिक कथा सङ्ग्रह (सन् १९६१), भित्री मान्छे बोल्न खोज्छ( सन् १९६२) कविता सङ्ग्रह, सुधा (विसं २०२२) खण्डकाव्य, स्पष्टिकरण (विसं २०३०)कथा सङ्ग्रह, बदनाम मेरा […]

Continue Reading

गुन्जनले विभिन्न स्रष्टा सम्मानको घोषणा

असार १७,२०८०, काठमाडौं । नेपाली लेखिकाहरुको संस्था “गुञजन” ले २०७९ सालको विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको छ । गुञ्जनले जनाए अनुसार “गुन्जन प्रतिभा पुरस्कार” कवि गीता कार्कीलाई, “गुन्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार भुवन ढुंगानालाई, “गुन्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई, “गुन्जन साहित्य पुरस्कार” कवि विश्वविमोहन श्रेष्ठलाई, “गुन्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारीलाई र […]

Continue Reading

योगमाया पुरस्कार वितरण २२ असारमा

१६ असार, २०८०, काठमाडौं नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना गर्दैछ । यस वर्ष अर्थात् विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान चन्द्रबहादुर वस्नेतलाई प्रदान गरिने यसअघि नै […]

Continue Reading

लीलाध्वज थापा पुरस्कार ज्ञानमणी नेपाललाइ

१४ असार २०८०, काठमाडौं काठमाण्डौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार यस वर्ष इतिहासविद तथा साहित्यकार श्री ज्ञानमणि नेपाललाई प्रदान गरिने निर्णय प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाले जनाएका छन् । भोजपुर जिल्लाको सिक्तेल, बितलपमा बि. सं.१९८९ सालमा जन्मिएका श्री नेपालले नेपालको इतिहास संस्कृति,भाषा साहित्य रसंस्कृति वाङ्मयमा विशिष्टता प्राप्त […]

Continue Reading

पन्ध्र असार

क्षेत्रप्रताप अधिकारी   आज पन्ध्र असार- हिलो खानु पर्थ्यो दहीच्यूरा खानु पर्थ्यो तिमी मेलामा आइनौ असारे गाएर अलिकति म्वाइँ खानु पर्थ्यो सहकाल होला नहोला अब समय खिइदै गएको छ तिमीलाई देख्दा देख्दा सपना पनि बूढो भएकोछ । चौबन्दीको काखी सुँघेर रातहरू काटेको छु अनिदा दिनहरू उँघेर जीर्ण जर्सी फाटेको छु मरी जाने दुई दिने चोला फेरि भेट होला कि नहोला ! मनको छाँगाबाट खसेको माया दुखेको छु म वनको हाँगाबाट झरेको छायाँ सुकेको छु म तिम्रो खोरियामा रोपेको भन्टाको स्वाद सर्केर खोकिरहेछु म टर्रो हर्रो टोकिरहेछु म – अब त घरबारेको घाँटी खसखसाउन पनि छोडेछ क्यारे पैले मैले बिराएको खोल्सो खहरेले पो गोडेछ क्यारे सकिनसकी काटेको कुलो कसैले कतै मोडेछ क्यारे अनदीको चाम्रे चपाउने रहर सारो सिरौंला पल्टेर दाँतमा ढुङ्गो लागिरहेछ फुलेको बैंस बिर्सेर मोरो तन्नेरी मन जिन्दगी कोक्याउँदै भागिरहेछ । छोटकरीमा यसो भनौं: तिमी बिरौटोमा लहलह बासमती म समयले बगाएको गाम तिमी ज्योतिर्गामी उषा म डुब्न लागेको घाम । कवि परिचयः क्षेत्रप्रताप अधिकारी ( विसं १९९९- २०७०) गामवेसीका कवि” हुन् । […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनौट

१५ असार २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०६३ देखि बर्षेनी प्रदान गर्दै आइरहेको “पद्मश्री साहित्य पुरस्कार” २०७९ का लागि १५ कृतिको छनौट भएको भएको सो प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विज्ञप्ति अनुसार जानुका खतिवडाको आतोओडा, सुविन भट्टराईको ईजोरिया, विवेक ओझाको ऐंठन, गोपि सापकोटाको चिसो वाफ, प्रगति राईको […]

Continue Reading

लोकप्रिया पुरस्कारको घोषणा

१५ असार २०८०, काठमाडौं   साहित्यिक पत्रकार संघको हालै बसेको कार्य समितिको बैठकले विसं २०६४ सालदेखि स्थगित लोकप्रिया पुरस्कार चयनका लागि गठित समितिको सिफारिस अनुसार पुरस्कृतहरुको नाम अनुमोदन गरेको छ । विसं २०६२ तथा २०६३ को लागि निर्णय भए पनि पुरस्कार दिन बाँकी सहित १८ वर्षको पुरस्कार १८ नारी श्रष्टालाई आगामी असार २३, २०८० का […]

Continue Reading