२ जुलाई २०२३, वाशिंटन डिसी
झापा नेपालका साहित्यकार विजय खरेलको आज २ जुलाई २०२३ का दिन अमेरिकाको टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा निधन भएको छ । उनलाई केही समयअघि गम्भिर बिमारी भै त्यस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेण्टिलेटरमा राखिएको थियो ।
उनी जेठो छोरा प्रयासको निम्तोमा जेठ १९ गते अमेरिका भ्रमणमा सपत्नी आएका थिए ।
विसं २००३ सालमा झापामा जन्मेका उनको साहित्य लेखन प्रकाशन यात्रा विसं २०६४ सालमा शुरु भएको थियो ।
उनका विजयका निबन्धहरू(निबन्धहरू)२०६४, क्षितिजवारि क्षितिजपारि (काव्य)२०६५, बाटुली (पत्र काव्य) २०६६, इन्द्रकिल पहाडसँग (कविता सङ्ग्रह) २०६८, छोपिएका ताराहरू विजय खरेल (जीवनीहरू) २०६९, विजयका कविता(कविता सङ्ग्रह)२०६९, सम्झनाका तरेली (निबन्ध)२०७३, रामसाइँलीहरू (कथा र नाटक)२०७४, अल्पिल्टा स्वरहरू(निबन्ध)२०७८, युगारम्भ (उपन्यास)२०७८, कपना र मुनाहरू(समीक्षा)२०७८, नेपाली झर्रा शब्दसङ्ग्रह(२०७९), युगारम्भ (उपन्यास) २०७९ लगायतका कृतिहरु प्रकाशित छन् ।