साहित्यपोष्ट उत्तम कृति पुरस्कार यशोधरा, मफलर र मुटुसँगको यात्रा लाई

मुख्य समाचार

१८ असार, २०८०, काठमाडौं

प्रत्येक बर्ष प्रकाशित कुनै पनि लेखकको पहिलो पुस्तकलाई प्रदान गरिने साहित्यपोष्ट उत्तम पुरस्कार विसं २०७९ सालमा प्रकाशित पुस्तक मध्ये काव्य विधाका लागि “मफलर”, आख्यान बिधाका लागि “यशोधरा” तथा गैर आख्यानका लागि “मुटुसँगको यात्रा” लाई घोषणा तथा पुरस्कार वितरण समारोहको आयोजना गरियो ।
“मफलर” कृति गजल सङ्ग्रहका गजलकार प्रदीप रोदन हुन् ।
“यशोधरा” उपन्यासका उपन्यासकार हरिबोल काफ्ले हुन् ।
“मुटुसँगको यात्रा” गैरआख्यानका लेखक डा.अवनिभूषण उपाध्याय हुन् ।
यी ३ पुरस्कारहरुमध्ये २ पुरस्कार साहित्यकार तथा शिक्षासेवी उत्तमप्रसाद पन्त तथा १ पुरस्कार कवि तथा शिक्षासेवी उत्तम भऔकाजीले स्थापना गरेका हुन् ।
पुरस्कार वितरण समारोहमा साहित्यपोष्ट डटकमका प्रधान सम्पादक अश्विनी कोइराला, पुरस्कार प्रायोजक द्वय उत्तमप्रसाद पन्त तथा उत्तम भऔकाजीले समेत आआफ्ना धारणा राखेका थिए ।
स्मरणीय छ, व्यावसायिक रुपमा साहित्यिक वेवसाईट “साहित्यपोष्ट डटकम” नेपाली जगतमा छोटो समयमा अपरिहार्य डिजिटल माध्यम बनेको छ । यस प्रकारको पहिलो कृति पुरस्कार पनि नेपालमा यो नै पहिलो हो र यसले वर्षेनी पहिलो पुस्तक लेखकलाई आकर्षित गर्ने गरेको छ ।
शुरुमा लामो सूचि त्यसपछि छोटो सूचि प्रकाशित गर्दै अन्तिम नतिजा घोषणा गर्दा नेपाली साहित्य जगतमा पहिलो पुस्तक प्रकाशित गर्ने लेखकहरुमाझ यसले एक तरङ्ग नै ल्याउने गरेको छ ।
पुरस्कारको राशी ५० हजार रहेको छ ।
यसबर्ष पुरस्कृत ३ कृतिहरुमध्ये २ कृति “मफलर” र “यशोधरा” पद्मश्री पुरस्कारको लामो सूचिमा समेत परेका छन् ।
(पुरस्कार वितरण समारोहको फोटो सौजन्यः अच्युत कोइरालाको फेसबुकबाटसाभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *