“करोडौं सूर्यहरूको अन्धकार” को दोश्रो संस्करण प्रकाशन हुँदै

११ भदौ २०८१, काठमाडौं कवि तथा साहित्यकार अविनाश श्रेष्ठको यर्यावरणीय कविताहरुको सङ्ग्रह “करोडौं सूर्यहरूको अन्धकार” को दोश्रो संस्करण प्रकाशन हुन लागेको छ । विसं २०६० सालमा कालचक्र नेपालको दर्जन बढी कविता कृतिहरु एकसाथ प्रकाशित एवम् विमोचित हुँदा समाविष्ट यो कविता सङ्ग्रह परिवर्द्धित संस्करणको रुपमा पाठक समक्ष आउन लागेको हो । कवि अविनाशले विश्वपरिक्रमासँग फोन सम्वादमा […]

Continue Reading

प्रतीक ढकाललाई नेपाल साहित्य सम्मान प्रदान गरिने

१० भाद्र २०८१, काठमाडौं साङ्गीतिक मञ्च नेपालले नेपाली साहित्यको कुनै विधामा लामो समयदेखि निरन्तर कलम चलाई योगदान गर्ने स्रष्टालाई कार्यक्रम अन्तर्गत नेपाली साहित्यको नियात्रा र विशेष गरी हिमाली क्षेत्र लक्षित लेखनका माध्यमले नेपाली साहित्य त हिमालको परिचयलाई देश देशान्तर फैलाउन पु-याएको योगदानको कदर गर्दै “नेपाल साहित्य सम्मान-२०८१” साहित्यकार प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ […]

Continue Reading

चिसापका दुई पुरस्कारहरुको घोषणा

८ भदौ २०८१, चितवन चितवन साहित्य प्रतिष्ठानले प्रदान गर्ने “चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार” तथा “चिसाप माधव खनाल साहित्य पुरस्कार” को घोषणा भएको छ । चितवन साहित्य परिषद्को ८ भदौमा बसेको बैठकले गरेको निर्णय अनुसार चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार -२०८० यज्ञराज उपाध्यायको “काली – कर्णालीको लोकसाहित्य र संस्कृति” तथा चिसाप माधव खनाल साहित्य पुरस्कार […]

Continue Reading

युवा वर्ष मोती पुरस्कार २०८१ केदार श्रेष्ठलाई दिइने घोषणा

५ भदौ २०८१ काठमाडौं, बिसं २०८१ को युवा वर्ष मोती पुरस्कार वाल साहित्यका स्रष्टा तथा रङ्गकर्मी केदार श्रेष्ठलाई दिइने घोषणा भएको छ । नगद राशी ४० हजारको सो पुरस्कार श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको राष्ट्रिय युवा सेवा कोषका सदस्य सचिव डा. बिष्णुबहादुर भण्डारी हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।  

Continue Reading

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार उत्कृष्ट ५ पुस्तकको सूची

३ भाद्र २०८१, चितवन कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” का लागि उत्कृष्ट ५ आख्यान कृतिको छोटो सूचि सार्जनिक गरेको छ । कवि डाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सूचिकृत ५ आख्यान कृतिहरुमा सानु शर्माको “अर्को देशमा”,कृष्ण गौतमको “अद्वैत”,गोविन्दप्रसाद कुसुमको “भृकुटी”,विश्व कुईंकेलको […]

Continue Reading

कोलोराडोमा आख्यान लेखन कार्यशाला

१७ अगस्त २०२४, कोलोराडो अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कोलोराडो च्याप्टरको आयोजनामा क्रस रोड कम्युनिटी सेण्टर, कोलोराडोमा “राधा” उपन्यासका लागि मदन पुरस्कार विजेता बरिष्ठ आख्यानकार कृष्ण धरावासीले आख्यान लेखन सम्बन्धी प्रशिक्षण दिए । सो कार्यक्रममा पदम विश्वकर्मा, पुष्पराज पौडेल, निर्मला अर्याल, धन पौडेल, विजयराज शर्मा, दामोदर लुईंटेल, भुपेन्द्र महत, चन्द्र खत्री, सन्तोष सुवेदी, तारा […]

Continue Reading

काशी विश्वविद्यालय र नेपाल प्रज्ञा-प्रतिष्ठान बीच प्रतिबद्धता

१४ अगस्त २०२४, काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा प्राज्ञिक भेटघाट र नेपाली साहित्य द‌र्शन विषयक विमर्श तथा भविष्यमा कार्यक्रम आदान प्रदान गर्ने प्रतिबध्दता गरिएको छ । विभागाध्यक्ष प्रो० दिवाकर प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालबाट गएका नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य डा. कृष्ण राज अधिकारी, प्रज्ञा-प्रतिष्ठानका योजना अधिकारी […]

Continue Reading

२५ लघुकथा सङ्ग्रह एकसाथ बिमोचन हुँदै (अद्यावधिक समाचार)

३० साउन २०८१, काठमाडौं नेपाली साहित्यमा अत्यन्त उर्वर देखिएको कथाको एक रुप लघुकथाको २६ पुस्तकहरु एकसाथ ३ भदौ २०८१ का दिन काठमाडौंमा विमोचन हुने भएको छ । ती २५ लघुकथा सङ्ग्रहका स्रष्टाहरुमा खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गोपाल सङ्ग्रौला, अम्बिका धिताल, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, विश्वराज अधिकारी, डा.कुसुमाकर शर्मा गौतम, तेजप्रकाश श्रेष्ठ, रञ्जु […]

Continue Reading

विनेसाम जापान शाखाको नयाँ कार्य समिति गठन

११ अगस्त २०२४, टोकियो विनेसाम अर्थात् विश्व नेपाली साहित्य महासंघको तेश्रो अधिवेसनले जापान शाखाको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ । नव निर्वाचित कार्य समितिको अध्यक्षमा रविन्द्र दिखुक्पा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा बिमन किराती, शिवराज साम्पाङ राई र प्रमिला राई, महासचिव विजय स्याङ्बो, सचिव गंगा गगन, सह-सचिव सयपत्री […]

Continue Reading

चकटी बहसमा “जीवनको अभिनन्दन”

२९ साउन २०८१, काठमाडौं बुकाहोलिक्स समूहले नियमित गर्ने गरेको चकटी बहसमा ज्ञानु पाण्डेको निबन्ध सङ्ग्रह “जीवनको अभिनन्दन” को चर्चा हुने भएको छ । आगामि शुक्रवार ३२ साउनका दिन मार्टिन चौतारीमा हुने सो बहसमा राजकुमार बानियाँ र प्रमोद प्रधानले बक्ताको रुपमा भाग लिनेछन् र लेखिका ज्ञानु पाण्डेले आफ्नो लेखकीय धारणा र बहसमा उठेका प्रश्नहरुको जवाफ दिनेछिन् […]

Continue Reading