पुडासैनीको “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” प्रकाशित

समाचार

१४ भदौ २०८१, काठमाडौं

कवि तथा साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’को कविता सङ्ग्रह— “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” प्रकाशित भएको छ ।
कवि पुडासैनीले सन् २०२३ मा अमेरिका भ्रमणका क्रममा लेखिएका र कतिपय फूटकर रुपमा प्रकाशित भएका ५३ कविताहरूको सङ्ग्रह हो यो । कवि पुडासैनीको यो १९औं कृति हो ।
यस पुस्तकमा पश्चिमबङ्गाल युनिभर्सिटी, भारतका प्रा.डा. कृष्ण घतानी, समालोचक एवं कवि डा. अमर गिरी, कवि एवं लेखक गोविन्द गिरी प्रेरणाले यस सङ्ग्रहमा भूमिका लेखेका छन् ।
कवि पुडासैनीका यस अघि दश कविता सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *