“पवन आलोक नियात्रा पुरस्कार”लाई कृति आव्हान

समाचार

१५ असोज २०८१, काठमाडौं

‘पवन आलोक नियात्रा पुरस्कार’ छनौट समितिले एक सूचना जारी गर्दै पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालका बीचमा भएको सम्झौताबमोजिम चौथो संस्करणको अर्थात् २०८० सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ हेतु २०८० सालमा प्रकाशित नियात्रा विधाका कृतिहरू दर्ताका लागि सादर अनुरोध गरेको छ ।
छनौट समितिको निर्णयानुसार उत्कृष्ट ठहरिएको कुनै एक नियात्रा कृतिका २५ हजार नगद राशिसहित सम्मानपत्रबाट सम्मानित गर्नेछ छ । सूचना अनुसार नियात्रा समाज नेपालले २०८१ साल माघ २१ गते श्रीपञ्चमीका दिन एक विशेष समारोहको आयोजना गरी सो पुरस्कार वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *