योगेन्द्र तिमिल्सिनाका दुई कृतिको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न

समाचार

२८ भदौ २०८१, काठमाडौं

साहित्यकार योगेन्द्र तिमिल्सिनाका दुई कृति कथासङ्ग्रह ‘आश्मा र अरु कथाहरु’ तथा कवितासङ्ग्रह ‘अनन्त आकाशका गीतहरु’ को लोकापर्ण तथा विमर्श कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । डा. तुलसी भट्टराईको प्रमुख आतिथ्य तथा प्रा. डा. गोविन्दराज भट्टराईको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा डा. कुमार कोइराला, डा. तुलसी गौतम, प्रा. ध्रुव भट्टराई, डा. तुलसी गौतम डा. अञ्जना वस्ती भट्टराईले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए ।
साथै नारायण प्रसाद शर्मा फुयाल तथा डा. बालकृष्ण मागुहामले पनि आफ्ना धारणा राखेका थिए ।
विद्वान् वक्ताहरूले लोकार्पित कथा सङ्ग्रहका कथाहरुमा नारीजन्य पारिवारिक पीडा, आफ्नै असहयोगी भावना र असावधानीको कारण्ले धूर्तबाट हुने ठगी, कोमल भावनाबाट बनेको युवतीको स्वप्निल संसार, गरीबि र अभावका बीचमा पनि हुन सक्ने पारिवारिक खुसी, विद्युतीय माध्यमको प्रयोगबाट बाल मनोविज्ञानमा पर्ने गम्भीर असर, ज्येष्ठ नागरिकको पारिवारिक असन्तुलन र अन्योल, सम्मानका नाउँमा हुने अनुत्तरदायी कार्यक्रम प्रतिको व्यङ्ग्य, पति–पत्नीका बीचमा हुने अस्थायी द्वन्द्व, परिवर्तित समाजमा बढ्दै गएको विचलन र विकृतिको प्रतिबिम्ब, बाँदर स्वभावसँग मिल्दो मानविय सम्झौतप्रतिको ब्यङ्ग्य, अन्धो प्रेम र त्यसबाट उत्पन्न हुने विचलन, जीविकाको निम्ति विदेशिनु पर्ने बाध्यता र त्यसबाट उत्पन्न हुने गम्भीर परिणाम तथा जीवनभर मानिस व्यक्तिगत स्वार्थ र द्वन्द्वमा अल्झिए पनि जीवनको अन्तिम सत्य मृत्यु नै भएको जस्ता विविध विषयवस्तु समेटिएको अभिव्यक्ति दिएका थिए ।
सो अवसरमा कवि विष्णु एस राईले एक कविता समेत वाचन वाचन गरेका थिए ।
विमोचित कृतिका स्रष्टा साहित्यकार योगेन्द्र तिमिल्सिनाले विमोचित दुई कृति बारे आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रमको उद्घोषण ओरियण्टल पब्लिकेशनका हरि गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *