२१ असोज २०८१, बाग्लुङ
धवलागिरी साहित्य प्रतिष्ठान बागलुङले बाट विभिन्न पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले जनाए अनुसार २०४१ साल देखि प्रदान गर्दै आएको ” काजी रोशन साहित्य पुरस्कार-२०८१” ” फरैना ” ( उपन्यास) का लेखक दाङ,घोराही निवासी सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
कपिलवस्तुमा रहि विशिष्ट साहित्यिक योगदान योगदान गरेवापत हरि राज शर्मा ” हरिश ” लाई ” हिमलाल-मन्धरा स्मृति पुरस्कार ” र साहित्यमा कृयाशिल अभिनव साहित्य समाज काठमाडौका अध्यक्ष गोविन्द प्रसाद घिमिरे ” बेदमणी “लाई “बम -सरस्वती स्मृति पुरस्कार ” प्रदान गर्ने निर्णय भएको छ।
प्रतिष्ठानले प्रमुख अतिथिका लागि सिर्जनाको क्षेत्रमा योगदान गरेवापत कथाकार एवम् चित्रकार विराटनगर निवासी गंगा सुवेदीलाई सम्मान समेत गरिने भएको छ ।
संस्थापक एवम् अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो ।