“भृकुटीतारा” उपन्यास लोकार्पित

समाचार

१७ असोज २०८१, काठमाडौं ।

साहित्यिक पत्रकार संघले एक समारोहका वीच उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को लोकार्पण कार्यक्रम आयोजना गर्‍यो । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा लेखिका सहित बिभिन्न अतिथिहरुले सो कृति लोकार्पण गरे ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गरेका थिए ।
अनेसास नेपालकी निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले उपन्यासकार खरेलको परिचय प्रस्तुत गरेकी थिइन् ।
सो अवसरमा प्रमुख अतिथि मदनदास श्रेष्ठ, आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली विमोचित कृतिको सम्बन्धमा मन्तब्य प्रकट गरेका थिए ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, कृति प्रकाशन संस्था मन्जरी प्रकाशनका लक्ष्मण गाम्नागे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका उपाध्यक्ष डा. सदानन्द कडेल, अनेसासकी पूर्व अध्यक्ष गीता खत्री लगायतले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको शुरुमाआयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *