कोर्न त हर कोही कोर्छन् (कविता)

महत्ता घिमिरे चापागाईं कोर्न त हर कोही कोर्छन् यहाँ कोही भावनालाई सलाई कोर्छन् दनदनी आगो लगाउँछन्, ताप्छन् अनि खरानी बनाइ दर्दनाक कथा कोर्छन्। कोही जलिरहेको भावनालाई शब्द समेटि कोर्छन् छटपटिएको गरुङ्गो मनलाई शीतलता दिन कोर्छन् कसैको पिडामा मलम बनी गीत ,गजल, कविता मिश्रित मानव तस्विर कोर्छन्। कोर्न त हर कोही कोर्छन् यहाँ…. कोही निर्दयी अरूको […]

Continue Reading

बाङ्गोटिङ्गो रेखाहरू (कविता )

  ललिता “दोषी” आउँछन् नि आमा ! जीवनमा अनेकौँ मोडहरू आउँछन् काल बादलहरू छाउँछन् आगो निल्ने हामी मात्र होइनौँ आमा ! सफल त तिनै हुन्छन् जो आगो निलेर पनि मार्ग पैलाउँछन् । पुग्नु छ मलाई पारि किनारा तिमी नै धरमराएपछि मलाई डो-याउनु पर्ने यो पल तिमी नै हरेस खाएपछि म कसरी अगि बढौँ आमा ? […]

Continue Reading

बुवाको कविता

  राजेश ढुङ्गाना   लेख्छु भनेको कविता बुवाको स्मृतिमा तर आँसुमा कविता नलेखिँदो रहेछ त्यसैले लेख्न सकिन बुवाको कथामा कविता हो, प्रत्येक पल्ट लेख्न खोज्दा आँसुको बतासले कापीको पन्ना उडाइ लान्छ सक्दिन म लेख्न फेरि पनि बुवाको कथामा एउटा कविता म जति बेला जीवनको सबैभन्दा धेरै आँसु रोएको थिएँ मुटुमा म यति बेला पनि लेख्न नसकेर […]

Continue Reading

दुई मुक्तक

गोविन्दबहादुर कुँवर १. कति हण्डर खाएँ अनि पाएँ कति ठक्कर कति कटेँ सोझो बाटो कति काटेँ अक्कर सोचे जस्तो कहाँ हुन्छ जिन्दगीको यात्रा होलाकिको बुँलाकीले कति मा-यो चक्कर २. त्यो ठाउँ रमाइलो जहाँ पुगे पछि मन अरु कुनै ठाउँ छान्दैन त्यही मान्छे आफ्नो जसलाई भेटे पछि छोड्न यो तन मान्दैन आत्माको शान्ति भन्दा ठूलो केही […]

Continue Reading

कविताको कुरा

मीना श्रेष्ठ खुसी छैन आकाश बस्ती निदाएकै छन् त्रासमा छ कति खेर कहाँ खस्छ विपत्ति कहाँ बिलाउँछ बस्ती मृत्यु पर्खिरहेछ राजमार्ग यस्तो बेला तिमी कविताको कुरा गर्छौ ? सहर वर्षामा निथ्रुक्क छ गाउँ बगेको खबर छ अरू त अरू कतै बस्तीमा नदी पसेको छ कतै नदीमा बस्ती पसेको छ, मन ओभानो छैन आँखा ओभानो छैन […]

Continue Reading

उत्तर वयको गम्भीर सुखान्त

शैलेन्द्र साकार हेरिरहेछु-केही अदृश्य-दृश्य दुर्घटना आफ्नै मान्छेहरूको, उसको र अरू धेरैको देशको अनुहारमा यो नैराश्य, क्रूरता र चक्रव्यूह पुस्तान्तरण र रूपान्तरको यो खेल यो चक्रव्यूहलाई कतै थन्क्याएर एउटा यस्तो राज्यको निर्माण गरौं जस्तो जहाँ राज्यले मानेका ज्येष्ठ नागरिक मात्र रहन सकुन् अथवा राज्य नै उनीहरूको नाममा समर्पित होस् शायद हुने थिएन यति बिघ्न रडाको, झैझगडा […]

Continue Reading

यसरी गाउँ शहर आईबस्छ !

विवश बलिभद्र कोइराला   कहिले गाउँ गाउँ बोकेर, अफ्ठ्यारो मान्दै शहर आईपुग्छ। कहिले सजिलै शहर शहर बोकेर सजिलो मान्दै गाउँ आईपुग्छ। यो आवत जावतको श्रृङ्खला चलेको पनि परीको कथा जस्तै प्यारो भुत र चुडेलको कहानी जस्तै भयानक ढुङ्गे युगका मानिसहरुका किम्बदन्ती जस्तै पुरानो तर मात्रै पूरानो हुन नपाएको सिलसिलेवार घुमिरहेको पुरानो कथाको ताजा पुनरावृत्ति मात्र […]

Continue Reading

पोतो पलाएपछि

खगिन्द्रा खुसी हे मेरा प्रिय प्रा ण नै हजुर हो संसार नै हो भने हेर्दैनन् पतिदेव आज यसरी एक्लो म एक्लो बनें ती हेर्छन् अनुहार सुन्दर बरु तिर्छन् रुपैयाँ दशी साँच्चै नै अपमान गर्छ दुनियाँ पोतो पलाए पछि राम्री नै म थिएँ युवा अझ निकै चासो लिई हेर्दथे लोग्ने पुत्र सँगै हुँदा पनि अझै तन्नेरिले […]

Continue Reading

धर्ती नबन्नू तिमी

लता खरेल छोरी तिमीलाई मैले नै सानैदेखि सिकाएको हो, सुनाएको हो र बुझाएको हो तिमी छोरी हौ, छोरी सहनशील हुनुपर्छ, धर्ती बन्नुपर्छ हो, हजुरआमा सागर बनिन् जेसुकै कुरा सहिरहिन् आमा धर्ती बनिन्, लाचार बनेर चुपचाप सहि रहिन् म तिम्री आमा हुँ मैले पनि नसहेको होइन, धेरै अन्याय, अत्याचार, अपहेलना ,विभेद मानसिक तनाव र व्यवहारको बोझिलो […]

Continue Reading

आफ्नै प्रतिबिम्ब

नमूना निरौला मलाई यसै यसै तिमीसँग भएको हो प्रेम थाहा छ प्रतिदानलाई चुनौती दिँदै उम्रेको हो प्रेमको बिरुवा एकोहोरो तिमीले नै खन्याएपछि सद्भावी रङ्गहरु लहरिएँ म तिमीसँग लट्टिएँ म तिमीसँग बिना कुनै सङ्कोच बिना कुनै भय कुनै रोकले नरोकिने गन्तव्य बिनाको यात्रा तय भयो नी हेर त चन्द्र सूर्यको बाटो जस्तै अनन्तसम्मको निर्बाध सुतेका बालुवाहरू […]

Continue Reading