पोतो पलाएपछि

कविता

खगिन्द्रा खुसी

हे मेरा प्रिय प्रा ण नै हजुर हो संसार नै हो भने
हेर्दैनन् पतिदेव आज यसरी एक्लो म एक्लो बनें
ती हेर्छन् अनुहार सुन्दर बरु तिर्छन् रुपैयाँ दशी
साँच्चै नै अपमान गर्छ दुनियाँ पोतो पलाए पछि

राम्री नै म थिएँ युवा अझ निकै चासो लिई हेर्दथे
लोग्ने पुत्र सँगै हुँदा पनि अझै तन्नेरिले घेर्दथे
हुन्थ्यो दिप्त मुहार सुन्दर सधैँ गोरो उजेलो छवि
ऐले खै कसरी गयो चमकनै पोतो पलाएपछि

हेर्दैनन् अब ती युवा पर गए बस्दैन क्वै छेउमा
भन्दैनन् नयनै अघिल्तिर बसी हेरी अघाउन्न म
प्यारी छे वहिनी, सखा हृदयकी भन्नेहरु नै पनि
भन्छन् आन्टि तथा दिदी सहजले पोतो पलाए पछि

पोतो दाग नदेखिँदा पवनका बाबा थिए साथमा
भन्छिन् रुग्ण मिना उपाय छ कुनै हट्ने दुई रातमा ?
मैले झैं अब कागती दिनदिनै घस्नू भनेँ भन्न त
आफ्नै दा ग गएन दुख्क उनको पोतो कहाँ जान्छ र ?

लोग्नेबाट लुकेर पार्लर पुगी पैसा हजारौं दिई
मात्र छ घस्न बाँकी अब ता गोरी बनौँ सम्झिई
मेरो ज्यानलियो , लियो समय यो पैसा लियो वेस्सरी
जाला प्राण बरु गएन मुखमा पोतो पलाएपछि

छाडें हार भएँ म गदिर्न भयो स्याहार यो चर्मको
मेरो सुन्दरता कला र प्रतिभा साँचो सफा कर्म हो
जो छन् निश्चल भावका भुवनमा लाग्छन् सबै सुन्दर
काला छन् व्यवहार कर्तुत भने के काम त्यो सुन्दर ?

कवि परिचयः कवि खगिन्द्रा खुशी झापा खुदुनावारीमा जन्मेकी हुन् र हाल झापा भद्रपुरमा बसोवास गर्छिन् । उनी विसं २०६१ बाट निरन्तर लेखनमा लागेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *