दुई मुक्तक

कविता

गोविन्दबहादुर कुँवर

१.

कति हण्डर खाएँ अनि पाएँ कति ठक्कर

कति कटेँ सोझो बाटो कति काटेँ अक्कर

सोचे जस्तो कहाँ हुन्छ जिन्दगीको यात्रा

होलाकिको बुँलाकीले कति मा-यो चक्कर

२.

त्यो ठाउँ रमाइलो जहाँ पुगे पछि मन अरु कुनै ठाउँ छान्दैन

त्यही मान्छे आफ्नो जसलाई भेटे पछि छोड्न यो तन मान्दैन

आत्माको शान्ति भन्दा ठूलो केही हुन्न मान्छेलाई यो संसारमा

ज्ञानी त्यही हो जसले कतै आफ्नो र पराइ छुट्याउन जान्दैन

***

कवि परिचयः कवि गोविन्द बहादुर कुँवर सुन्दरबजार-८ भोटेओडार, लमजुङ्गलाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा रहेका छन् । उनको पहिलो रचना “मेरो देश” कविता सिपाही पत्रिकामा विसं २०२७ मा प्रकाशित भएको थियो । उनका प्रकाशित कृतिहरुमा १.समयका पदचापहरु (२०४७), मौन आवाजहरु (२०४८) तथा गुमनाम जिन्दगी (२०७८) कविता सङ्ग्रह, कथाजस्ता कथाहरु ( २०७५), मलाई उत्तर थाहा छ (२०७८) तथा निमिका (२०७८० कथा सङ्ग्रह,भोटेचौरको कथा (२०७५)जीवन कथा, देब्रेकुना (२०७८) तथा टेबलगफ (२०७८) निबन्ध सङ्ग्रह एवम् तातेताते (२०५८) तथा रमाइलो दशैँ (२०७९) वाल साहित्यका पुस्तकहरू प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *