देश

वसन्त श्रेष्ठ   सगरमाथालाई छोएर हातले बिपना साटिरहेछौं शुख, शान्ति र समृध्दिको रहरमा आफैलाई हराईरहेछौं   प्रजातन्त्रको नाममा बिश्वास गुमाईरहेछौ स्वाधिनताको नाममा देश गुमाईरहेछौं देश राष्ट्रियताको नाम एक हो देश अखण्डताको अर्को नाम हो पाईला पाईलामा हुन्छ देश माटो माटोमा भिजेको हुन्छ भावना भावनामा रुझेको हुन्छ देश ।   सगरमाथालाई छोएर हातले बिपना साटीरहेछौं शुख, […]

Continue Reading

पाँच मुक्तक

प्रकाश घायल १, एउटै पात्रले फरकफरक नाटक मञ्चन गरेकै हुन् नयाँ बोतलमा उहीँ पुरानै रक्सी सञ्चयन गरेकै हुन् पात्र उहीँ ,रक्सी उहीँ, मात्रै बोतल फेरिएको न हो बोतल भर्ने सिलसिलामा लप्पन छप्पन गरेकै हुन् ।। २, आफन्तको  साथ  भुलेछन् आँखाको बर्सात भुलेछन् अरू झुक्याउदा आफैं झुक्किएर दिन र रात भुलेछन् गाँसबास दिनेलाई छोडेर साथ दिनेको […]

Continue Reading

चार मुक्तक

नवराज कार्की १, तिम्रो दुःख धेरै हो कि, मेरो दुःख धेरै तिमी भन्छौ मेरो धेरै, मैले भन्छु मेरै आफ्नो-आफ्‌नो दुःख ठूलो, आफ्‌नै भएर पो. सुख जस्तो दुःख कहाँ, बस्छ र, लुकेरै ? २, रोगले भो, ‘न खा भन्छ उमेरले यो, ‘न’ला’ भन्छ बूढो भइस्, अब घरै बस् घरले भो, कतै ‘नजा’ भन्छ ३, नबोलेरै पनि […]

Continue Reading

प्रेमको एक निशानी

जानु धिताल   आऊ रोपौँ एउटा प्रेमिल वृक्ष हामी हाम्रो मायाको प्रेम मलजलले पर्न नदिऊँ अनिष्टताको छायाक‍ो स्याहार सुसार गरौँ हामी भरमग्दूर है त्यसलाई होइन सादा वृक्ष, सनातन प्रेमको यस प्रतीकलाई दिउँला हामी आफ्ना मायाका ती तरङ्गहरू उठून् सबैतिर प्रेम प्रेमका शकुन्तला वा अनङ्गहरू हामीमा नै समर्पित होऊन् घाम अनि शीतहरू चौतारीमा हावा सङ्गै गाऊन् […]

Continue Reading

मात्र एक कदम अझै

भावना विष्ट   मात्र एक कदम अझै , अब त पक्कै किनारा होला । मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।   चँचल मेरा दुई नयनमा ,अब ख़ुशीको बरसात होला कमजोर मेरो मनमुटु , अब त पक्कै मज़बूत होला ॥   मात्र एक कदम अझै , अब त पक्कै किनारा होला मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।   भयो फ़ूटेर मुटु टुक्राटुक्रा ,केही त जोड़ने तरीक़ा होला कती हुनु यो रात मात्र,अब त पक्कै बिहानी होला ।।   पूर्णिमाको जगमग रात ,अनि दिन पनि मगमग होला सधैं एकैनास हुन्न जीवन ,अब त साकार सपना होला   कवि परिचयः लेखिका भावना विष्ट पर्वत जिल्लाको फलेवासमा जन्मेकी हुन् र हाल अमेरिकाको मेरिल्याण्डमा बसेवास गर्छिन् । उनकोएक कृति “संघर्ष” (विसं २०७९) प्रकाशित छ ।  

Continue Reading

परदेशबाट पत्र

प्रभा भट्टराई आचार्य   अघिल्ला सबै पत्र पायौ कि आमा ? सिरानी भिजाई निदायौ कि आमा ! कि भक्कानियौ सास रोकेर लामो ? मसी पग्लिँदा बाँध लायौ कि आमा !   जहाँ औषधी बन्दथ्यो स्निग्ध हात, बिसन्चो हुँदा खट्दथ्यौ रात–रात ! म ता काखमा मस्त घुर्थेँ, र तिम्रो झपक्कै नभै नेत्र हुन्थ्यो प्रभात !   […]

Continue Reading

म त फगत एक मुडो

पूजा चन्द, बाल्टिमोर   नत मष्तिकमा शव्दहरू सल्बलाउँछन् नत हातहरूले कलम नै चलाउँछन् फगत एक मुडो म, लरखराउँदै हिंड्ने कोसिस गरिरहेछु हैन हैन हिंड्ने होइन, घिसारिने कोसिस गरिरहेछु साथहरू त सबै छुटे कि क्या हो कतै अल्झेको बेला सम्झिने कोसिस गर्छु यादहरू मात्र छन् जो वतास जतिकै वत्तिन्छन आकास जतिकै चुलिन्छन र एक विन्दुमा पुगेर […]

Continue Reading

उमेर

नगिता लेप्चा राई   यो उमेर त मात्र अनुभवको कहानी हो हरेकको मनको दुःख र आँखाको पानी हो बालापनको हरेक रङ्ग धेरै खास हुन्छ बेरङ्ग त जवानी हुन्छ जबकि सबै साथ हुन्छ।।   ढल्दै गरेको रात जस्तै उमेर र एक्लोपनमा छटपटाइ रहेको म अझै केही गर्ने आशा धेरै लामो छ तर समय धेरै थोरै छ […]

Continue Reading

धरती र तिमी

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’   तिमी बस्ने गरेको घरजग्गा यही धरतीको अंश हो तिमीले खाने गरेको अन्नपात यही धरतीको उपज हो तिमीले लगाएको वस्त्र यही धरतीको उत्पादन हो तिमीले लगाएका गर-गहना यही धरतीबाट निकालिएको धातुको हो तिमीले प्रयोग गर्ने सारा सर-सामान यही धरतीको वरदान हो यहाँसम्म कि तिम्रो जीवनको अस्तित्व यही धरतीको कृपा हो के तिमीले […]

Continue Reading

धन्य छ धर्ती

खेम रिजाल, सिन्सिन्याटी ओहायो     उदाङ्गो भई आफैंमा एउटा युग फुलाई दियौ उभिएर प्रगति पथमा समयले गति लियौ स्नेह र ममता बोकी ल्यायौ गर्‍यौ ठुलो पुण्य फलाई दियौ बृक्षहरु रोपेर हरियाली धन्य ।   मुस्कुराउँछ प्रभात उचाली उच्च हिमाली शिर गाउँछे कोइली विरहका भाका हटाउँदै पिर छर्दै उज्यालो उमङ्गको बग्दछन् नदिका रेखी हर्षित हुन्छ मन, […]

Continue Reading