दुई कविता

रेनुका भट्ट, कोपेनहेगन डेनमार्क     १, खुसी   प्रथम टलक्क टल्केको चीसो घामलाई बिस्तारै आँखा चिम्लदै, खोल्दै हेर्छ र मतिर फर्केर मुसुक्क मुस्कुराउँछ ।     २, यात्रा   यो आँधी रोकिएपछि हामीले सुरुवात गर्नुछ एउटा हिंडिरहने यात्रा …   गन्तब्यमा पुगियो भने यात्रा सकिन्छ बाटो सकिन्छ र रोकिनुपर्छ हामी मलाई तिमीसँग हिँडिरहनु छ […]

Continue Reading

दुई मुक्तक

भवानी क्षेत्री    १, मन   सबैको लागि  सुखको माना पाथी भरुँ लाग्छ मलाइ आइलागेका सारा दु:ख म आफै गरुँ लाग्छ मलाइ थाहा छैन कति बाँच्छन्? यो धरामा मानिस तर बाँचून्,बाँचोस् धरा साटोमा आफै मरुँ लाग्छ मलाइ   २, किसान   ठुलो अग्लो महलले आज मेरो भागको घाम खोसिदिएको कुरा कसलाई गुहारौं भनौं म किसानको […]

Continue Reading

निमुखा

दीपा एवाई,  हंगकंग   गर्मीको तातो बाफले भुईं छोड्दै गर्दा एक्कासी चिसो हावा क्रमशः र सर्वत्र दिशा  बहन्दै बग्दै थियो मानौं अब देशभरी हिउको सेताम्मे साम्राज्य जम्ने छ ।   चिसोले सड़क छाप र गरीव जनतालाई सदा कालको लागी ठाउँको ठाउँ बरफमा जमाई दिने छ र देखिनेछ पुतली सडक किनारमा कुनै मुर्तीकारले बनाएको सजीव मुर्ती झैं स्तब्ध र मौन जो बिक्रीमा प्रदर्शनीको लागी राखिएको हो ।   चिसोको दिन ढलेर रात पर्दै गर्दा मन्दिरहरुमा बल्ने आशाको दियोहरुमा अन्धकारको सन्नाटा बल्नेछ सुस्तरी बहेको हावा कहीं शितल निवास छेउ कुनामा ठोकिएछ भने पनि प्रतिध्वनि गुन्जने छैन किन भने त्यहाँ अन्धकारमय शून्यता व्याप्त  छ ।   चिसिएर समय कठाङ्ग्रिएपछि तिमी जति सुकै घामको गीत गाउ लाल झन्डा बोकेर नारा लगाउ वातावरण खल्बलिने गरी ढोल पीट शंखनाद गर या युध्द छेड सबै बेकार हुने छ किन भने तिमी नायक होईनौ ।   व्याप्त चिसो र अन्धकारको समयमा एक हूल पुजारी एक हूल जँड्याहा एक हूल बलात्कारी एक हूला चोर एक हूल डाँका एक हूल ज्यानमारा एक हूल पूँजीपति एक हूल दलाल जनताको आँखा छलेर सुटुक्क सिंहदबार पस्यो र  लेख्यौ “जसको शक्ति उसको भक्ति “-महान पुरुष ।   आज हिमाल उस्तै छ अटल पहाड उस्तै छ स्तब्ध केवल छैन त […]

Continue Reading

गारल्याण्डमा बेबी सावर

डा.दामोदर पुडासैनी किशोर प्रेमको टुसा पलाउने क्रममा छ मान्छेहरू प्रेम पर्व मनाउने तर्खरमा छन् घरमा फूल त फुलेको थियो सुगन्ध भरिएको थिएन प्रेमको प्रार्थना चलिरहेको छ प्रेम र मुस्कान एकैपटक बर्षनेवाला छ धेरै धेरै चमत्कार भए सँसारमा आजसम्म सँसारमा भएका सबै चमत्कार मध्ये सबैभन्दा ठूलो चमत्कार मान्छेको जन्म हो एउटै मान्छेको जन्मले फेरिनसक्छ सँसारको पुरै […]

Continue Reading

मेरो शहर

नगिता लेप्चा राई   जब रातको अन्धकारले अङ्कमाल गर्दै आफ्नो बाहुपाशमा कस्छ शरीरभरि रङ्गीचङ्गी आँखा खोलेर बड़ेबड़े होटल रेष्टुराँहरूमा बार र क्लबहरूमा डिस्को डान्सहरूमा इत्रिँदै… बियर र ह्वीस्कीमा पौड़ी खेल्दै रन्थनिन्छ मेरो शहर ।   बहुरङ्गी यो शहरमा सभ्यता बोक्नेहरू नै म्युनिसिप्यालिटीको डस्ट बिनमा फ्याँक्छन् शिष्टताहरु आबरु नङ्ग्याउँछन् नसाको चुस्कीसँगै जीउको दरभाउ गर्छन् अनि दिनभरि […]

Continue Reading

मेरो बेगोनिया

दीपेन्द्र आचार्य ड्याम्म हुस्सुले जब ढाक्छ घाम छात्तिभरी कालो बादल बोकी अँध्यारो अनुहार लगाइ रुन्छ आकाश उज्या…लो छरिरहन्छौ आँगनभरी तिमी आमा जस्तै मेरो बेगोनिया।। हरियो पहिरनमा हरियै चुरा लगाइ हत्केलाभरी बुट्टेदार मेहन्दी र गलामा पोते,सिँउदोमा सिंदुर लगाइ तीज मनाउन माइत आएकी छोरी जस्तै मेरो बेगोनिया।। धारिलो हतियार लुकाएर घाँटी रेट्न आउँछ हत्यारा बतास तिम्रो वर्तमान […]

Continue Reading

मेरो एउटा मात्र विश्वास

राजेश ढुंगाना   कुवेरको ढिकुटी पनि देखेकै हो रावणको बलिष्ठता पनि हेरेकै हो तर, न त रावणको बलिष्ठताले कहिल्यै– लुते नै भए पनि रामलाई पछार्न सक्यो न त– सम्पत्तिले नै– कुवेरलाई मृत्युबाट बचाउन सक्यो मिथ्या ! झुट !! भ्रममा नबाँच मान्छेहरु हो ! पत्थरको मूर्तिमा कहिल्यै अभिव्यक्ति पलाउन सक्तैन अथवा पलाइ नै गए पनि चलिरहेको […]

Continue Reading

संस्मरणको माला

सुनिल पुरी   साँझपख पहाडको आकर्षण पहाडकै फेदीमा सूर्यका बैजनी रङ्गका छिर्काहरु छरिन्छन् भनौं-फुल्छन् पखेराका गुँराश जस्तै ।   उता आकाशमा वादलका टुक्राहरु कपासका थुप्रा बनेर थुप्रिन्छन् शायद मेरा लागि हुन् यी सबै ठान्दा हुन् म यात्री हुँ म बाटो भुलेको छु यही मौकामा उनीहरु मजा पनि मान्दा हुन् त्यसैले त बादलहरु मेरा यात्रामा सहयात्रेी […]

Continue Reading

स्वदेशको सम्झना

हरि पौडेल, नेदरल्याण्ड   त्यो कलैया नगर नजिकैको बैरिया मेरो गाउँ सडकका अगल र बगलमा सिस्नोको झाडी खाल्डा र खुल्डी धुलो अनि हुरी बिहानीपख सैरमा हिडेको त्यो क्षण फर्कंदा मुखमा नीमको दतिवन अनि त्यो चोकको चिया राष्ट्रिय अन्तराष्ट्रिय गफमा मस्त मुकुन्द काका र श्रीराम दाइ प्रयाग चाचा र जोगिन्दर भाइ अब विदेशमा किन मेरो आँखा […]

Continue Reading

छोराको पहिलो जहाज यात्रा

पातलो अन्तरे   हर्ष र डर दुबै मिसिएको अनुहार केही उत्साह केही नौलोपन यात्रा शुभ होस् भनेर जहाजभित्र पस्नुअघि जहाजलाई ढोग्न सिकाएँ तर मैले क र लगाईँन मैले मेरो कर्तब्य पुरा गरेँ, धर्म निभाएँ एउटा बाऊ हुनुको उसले पनि ठीक त्यसै गर्यो मैले बुझेको छु कि नानीहरूलाई यस्तै सानु कुराले प्रभाव पार्छ संस्कार यसरी नै […]

Continue Reading