भावना विष्ट
मात्र एक कदम अझै , अब त पक्कै किनारा होला ।
मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।
चँचल मेरा दुई नयनमा ,अब ख़ुशीको बरसात होला
कमजोर मेरो मनमुटु , अब त पक्कै मज़बूत होला ॥
मात्र एक कदम अझै , अब त पक्कै किनारा होला
मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।
भयो फ़ूटेर मुटु टुक्राटुक्रा ,केही त जोड़ने तरीक़ा होला
कती हुनु यो रात मात्र,अब त पक्कै बिहानी होला ।।
पूर्णिमाको जगमग रात ,अनि दिन पनि मगमग होला
सधैं एकैनास हुन्न जीवन ,अब त साकार सपना होला
कवि परिचयः लेखिका भावना विष्ट पर्वत जिल्लाको फलेवासमा जन्मेकी हुन् र हाल अमेरिकाको मेरिल्याण्डमा बसेवास गर्छिन् । उनकोएक कृति “संघर्ष” (विसं २०७९) प्रकाशित छ ।