दुई कविता

कविता

रेनुका भट्ट, कोपेनहेगन डेनमार्क

 

 

१, खुसी

 

प्रथम

टलक्क टल्केको

चीसो घामलाई

बिस्तारै आँखा चिम्लदै, खोल्दै हेर्छ

र मतिर फर्केर मुसुक्क मुस्कुराउँछ ।

 

 

२, यात्रा

 

यो आँधी रोकिएपछि

हामीले सुरुवात गर्नुछ

एउटा हिंडिरहने यात्रा …

 

गन्तब्यमा पुगियो भने

यात्रा सकिन्छ

बाटो सकिन्छ

र रोकिनुपर्छ हामी

मलाई तिमीसँग हिँडिरहनु छ

आऊ प्रथम पाइला सँगसँगै सारौँ ।

०००

कवि परिचयः रेनुका भट्ट पिपलटार,  नुवाकोटमा जन्मेकी हुन् । विसं २०५८ मा त्रिसुली प्रवाहमा कविता प्रकाशित गरेर साहित्य लेखनमा प्रवेश गरेकी उनी अङ्ग्रेजी भाषामा पनि कविता लेख्छिन् । कविता बाहेक उनी गजल तथा कथा विधामा पनि कलम चलाउँछिन् । हाल उनी कोपेनहेगन डेनमार्कमा वसोवास गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *