“अन्तरक्रिया” शंकर भारतीको “अनुपम देवता”को

८ भदौ, २०८०, काठमाडौं । उपन्यास समाज नेपालको आयोजना उपन्यासकार शंकर भारतीको “अनुपम देवता” उपन्यासको तेस्रो सस्करणको “अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो । सो उपन्यासको पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको थियो । कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा “अनुपम […]

Continue Reading

साहित्यकार तुल्सी थापाको निधन

८ भदौ २०८०, चितवन मकवानपुर जन्मभूमि र कर्मभूमि भएका अग्रज साहित्यकार तुल्सी थापाको निधन ८ भदौ राती भएको छ । स्मृति हराउँदै गएका र मुटु, मृगौला र फोक्सोको समस्याबाट एकसाथ ग्रसित थापाको चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचार भैरहेको थियो । स्वर्गिय थापाको जन्म विसं २००२ साल असोज ३ गते भैंसे १ मकवानपुरमा जन्म भएको […]

Continue Reading

अग्रज स्रष्टा तुल्सी थापा अश्वस्थ

८ भदौ २०८०, हेटौंडा मकवानपुरका अग्रज स्रष्टा तुल्सी थापा अश्वस्थ भै चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचाररत रहनु भएको छ । । उनको स्मृति हराउँदै गएको र मुटु, मृगौला र फोक्सोको समस्याबाट एकसाथ ग्रसित हुनु भएको र चिकित्सकले निमोनिया गढेको बताएको भनी साहित्यकार छवि अनित्यले सामाजिक सञ्जालमा लेखेका छन् । कथा, कविता तथा नाटकमा कलम […]

Continue Reading

अनेसास नवरत्न पुरस्कारका लागि चयन समिति गठन

२४ अगस्त २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न समिति गठन गरेको छ । अनेसासले एक बिज्षप्ति प्रकाशित गरी केन्द्रीय कार्यसमितिका सदस्य तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य […]

Continue Reading

तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान

७ भदौ २०८०, काठमाडौं राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल बाल साहित्य समाज र ह्युमानिज्म एण्ड जयपृथ्वीबहादुर फाउण्डेशनको सहकार्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित एक कार्यक्रममा बाल साहित्य समाजका पूर्व अध्यक्ष तथा बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरियो । सोही कार्यक्रममा चित्रकलातर्फको जयपृथ्वी बाल प्रतिभा […]

Continue Reading

निमुखा

दीपा एवाई,  हंगकंग   गर्मीको तातो बाफले भुईं छोड्दै गर्दा एक्कासी चिसो हावा क्रमशः र सर्वत्र दिशा  बहन्दै बग्दै थियो मानौं अब देशभरी हिउको सेताम्मे साम्राज्य जम्ने छ ।   चिसोले सड़क छाप र गरीव जनतालाई सदा कालको लागी ठाउँको ठाउँ बरफमा जमाई दिने छ र देखिनेछ पुतली सडक किनारमा कुनै मुर्तीकारले बनाएको सजीव मुर्ती झैं स्तब्ध र मौन जो बिक्रीमा प्रदर्शनीको लागी राखिएको हो ।   चिसोको दिन ढलेर रात पर्दै गर्दा मन्दिरहरुमा बल्ने आशाको दियोहरुमा अन्धकारको सन्नाटा बल्नेछ सुस्तरी बहेको हावा कहीं शितल निवास छेउ कुनामा ठोकिएछ भने पनि प्रतिध्वनि गुन्जने छैन किन भने त्यहाँ अन्धकारमय शून्यता व्याप्त  छ ।   चिसिएर समय कठाङ्ग्रिएपछि तिमी जति सुकै घामको गीत गाउ लाल झन्डा बोकेर नारा लगाउ वातावरण खल्बलिने गरी ढोल पीट शंखनाद गर या युध्द छेड सबै बेकार हुने छ किन भने तिमी नायक होईनौ ।   व्याप्त चिसो र अन्धकारको समयमा एक हूल पुजारी एक हूल जँड्याहा एक हूल बलात्कारी एक हूला चोर एक हूल डाँका एक हूल ज्यानमारा एक हूल पूँजीपति एक हूल दलाल जनताको आँखा छलेर सुटुक्क सिंहदबार पस्यो र  लेख्यौ “जसको शक्ति उसको भक्ति “-महान पुरुष ।   आज हिमाल उस्तै छ अटल पहाड उस्तै छ स्तब्ध केवल छैन त […]

Continue Reading

नेपाल प्रज्ञा प्रतिष्ठानको ४०औं प्राज्ञ सभा सम्पन्न

६ जेठ २०८०, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानको ४०औं प्राज्ञ सभा सम्पन्न भएको छ । प्राज्ञ सभा उद्घाटन सत्र र बन्द सत्र गरी २ चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको उद्घाटन समारोहमा प्रमुख संरक्षक प्रधान मन्त्री उपस्थित हुन नसक्ने भएपछि संरक्षक संस्कृति तथा पर्टन मन्त्री आउने भएकोमा उनी पनि पिताको देहान्त भएर आउने अवस्था भएन […]

Continue Reading

दाहाल यज्ञनिधिका कवितामा अवरजन चेतना

डा. रमेश शुभेच्छु आज म यहाँ कार्यपत्र प्रस्तोताका रुपमा उभिएको छु । दाहाल यज्ञनिधि (२०१०–२०७५) एक जना लेखक र सञ्जारकर्मीको मात्र नाम होइन । एउटा आन्दोलनको नाम हो । उहाँ नेपाली साहित्य एवम् सञ्चार जगत्का विशिष्ट प्रतिभा मात्र नभएर एउटा आान्दोलन हुनुहुन्छ । उहाँले बोली र व्यवहारमा जस्तै  आफ्ना रचनामा समाजका किनारामा रहेका पात्रहरुलाई नायक […]

Continue Reading

१६ औं लघुकथा दिवस सम्पन्न

५ भदौ २०८०, काटठमाडौं लघुकथा समाज,नेपालले १६ औं लघुकथा दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्यो । सर्वनाम नाटक घरमा आयोजित कार्यक्रममा लघुकथाकार लता के.सी.लाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान २०८० रू २१००१/-सहित समर्पण गरियो। कार्यक्रममा साहित्यकार तथा पत्रकार राजेश खनालले पुरस्कृत कथाकार के.सी.को जीवनी तथा लेखन यात्राका बारेमा प्रकाश पारेका थिए। साथै समालोचक लक्ष्मणप्रसाद गौतमले कथाकार […]

Continue Reading

ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ प्रकाशित

५ भदौ २०८०, काठमाडौं साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत विदुषी ज्ञानु अधिकारीको यो १७ औं कृति हो । विशेषत अनुसन्धानमूलक तथा समालोचनात्मक कृतिका लेखिका ज्ञानुको यो पहिलो निवन्ध कृति हो । यस कृतिमा असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावको अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइलाहरु, सीमाभन्दापर फैलँदै, […]

Continue Reading