८ भदौ २०८०, चितवन
मकवानपुर जन्मभूमि र कर्मभूमि भएका अग्रज साहित्यकार तुल्सी थापाको निधन ८ भदौ राती भएको छ । स्मृति हराउँदै गएका र मुटु, मृगौला र फोक्सोको समस्याबाट एकसाथ ग्रसित थापाको चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचार भैरहेको थियो ।
स्वर्गिय थापाको जन्म विसं २००२ साल असोज ३ गते भैंसे १ मकवानपुरमा जन्म भएको थियो ।
विसं २०२३ सालमा मधुपर्क मासिकमा “मसीना कविता” प्रकाशन गरेर साहित्यिक यात्रामा लागेका थिए । उनका निमेषको अनन्त (नेपाली तथा अङ्ग्रेजी कविता सङ्ग्रह)२०५८ , अमर सिंको खोजिमा अमर सिं (नाटक)२०६१, कथा सङ्ग्रह आदि कृतिहरु प्रकाशित छन् ।
