“अन्तरक्रिया” शंकर भारतीको “अनुपम देवता”को

समाचार

८ भदौ, २०८०, काठमाडौं ।

उपन्यास समाज नेपालको आयोजना उपन्यासकार शंकर भारतीको “अनुपम देवता” उपन्यासको तेस्रो सस्करणको “अन्तरक्रिया कार्यक्रम”
सम्पन्न भयो । सो उपन्यासको पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको थियो ।

कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा “अनुपम देवता” उपन्यास बारे समालोचकहरु डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धू शर्माले आआफ्नो पाठकीय मन्तव्य राखेका थिए ।

उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।

उपन्यासकार  भारतीका अर्को जुनी, प्रेम तपस्या, अनुपम देवता, महापुरुषको सन्तान र अग्नि परीक्षा उपन्यासहरु प्रकाशित रहेका छन् ।

(सुभाषचन्द्र पौडेल काठमाडौंको सहयोगमा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *