२४ अगस्त २०२३, वाशिंटन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न समिति गठन गरेको छ ।
अनेसासले एक बिज्षप्ति प्रकाशित गरी केन्द्रीय कार्यसमितिका सदस्य तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य रहेको चयन समिति गठन गरेको जनाएको छ । समितिले एक महिना भित्र ९ जना महिलाको नाम सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा नगद २ सय डलर र सम्मान-पत्रसहितको नवरत्न पुरस्कार प्रदान गरिने छ । सम्रणीय छ, हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।
