ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ प्रकाशित

समाचार

५ भदौ २०८०, काठमाडौं

साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत विदुषी ज्ञानु अधिकारीको यो १७ औं कृति हो । विशेषत अनुसन्धानमूलक तथा समालोचनात्मक कृतिका लेखिका ज्ञानुको यो पहिलो निवन्ध कृति हो ।
यस कृतिमा असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावको अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइलाहरु, सीमाभन्दापर फैलँदै, तथा शब्द र अक्षरहरुमा गरी ७ खण्डमा ३७ निबन्धहरु समेटिएका छन् ।
यसअघि उनको सिर्जनात्मक कृति “शब्द, मृत्यु र सपनाको हत्या” विसं २०६७ मा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *