तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान

समाचार

७ भदौ २०८०, काठमाडौं

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल बाल साहित्य समाज र ह्युमानिज्म एण्ड जयपृथ्वीबहादुर फाउण्डेशनको सहकार्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित एक कार्यक्रममा बाल साहित्य समाजका पूर्व अध्यक्ष तथा बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरियो ।

सोही कार्यक्रममा चित्रकलातर्फको जयपृथ्वी बाल प्रतिभा पुरस्कार सुश्री आश्रिती श्रेष्ठ तथा साहित्यतर्फको जयपृथ्वी बाल प्रतिभा पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गरियो।

बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने प्राज्ञ डा.पुस्करराज भट्टले जयपृथ्वीबहादुर सिंहको जीवनीको चर्चा गर्दै उनको योगदान चर्चा पारेका थिए।

प्राज्ञ प्रभा भट्टराईले सम्मानित व्यक्तित्वहरूको परिचय र सृजनाका बारेमा चर्चा गर्नु भएको थियो भने अन्य अतिथिहरूले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन विजय आचार्यले गरेका थिए।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *