दीपक समीप, हरिकृष्ण काफ्ले तथा विर्खे अन्जान सम्मानित हुने

९ माघ २०८०, हेटौंडा मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ७ हजार ७ सय ७७ रुपैयाँको।‘बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८०’, साहित्यकार हरिकृष्ण काफ्लेलाई ७ हजार ५ सय रुपैयाँ राशिको तारा स्मृति सम्मान २०८० तथा साहित्यकार विर्खे अञ्जानलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिको इन्दिरादेवी स्मृति सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ। मुक्तक मञ्च मकवानपुरले […]

Continue Reading

कवि नीलम गुरुङको ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक

५ माघ २०८०, काठमाडौं कविता विधाको टेलिभिजन रियालिटी शो “पोएट आइडल” को प्रथम संस्करण विजेता सिक्किमेली कवयित्री नीलम गुरुङको कविता संग्रह “नपल्टाएका पन्नाहरू” विमोचन सम्पन्न भयो । समारोहका प्रमुख अतिथि नेपाल प्।रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, रामकाजी कोने, पोयट आइडलका परिकल्पनाकार तथा संचालक अमनप्रताप अधिकारी, कवयित्री स्वयम्लगायत १० जनाले संयुक्त रुपमा विमोचन गरेका थिए । […]

Continue Reading

स्रष्टा राजाराम वर्तौलाको तेश्रो कृति विमोचित

६ माघ २०८०, काठमाडौं स्रष्टा राजाराम वर्तौलाको तेश्रो कृति कविता सङ्ग्रह “भ्रमित सत्य” विमोचन सम्पन्न भएको छ । प्राज्ञिक बुक्सको आयोजनामा सम्पन्न सो कार्यक्रममा अतिथिहरु डा. तुलसी भट्टराई तथा सुरेन्द्र केसी र स्रष्टा राजाराम बर्तौलाले पुस्तकको सामुहिक बिमोचन गरे । विमोचनपश्चात् अतिथिहरु डा. तुलसी भट्टराई तथा सुरेन्द्र केसीले पुस्तकको चर्चा गरेका थिए । कार्यक्रमको शुरुमा […]

Continue Reading

रत्न बुक्स विश्वभरि पुस्तक वितरण गर्ने अभियानमा

१९ जनवरी २०२४, वाशिंटन डिसी नेपालको पुरानो नीजि क्षेत्रको पुस्तक प्रकाशक तथा वितरक रत्न पुस्तक भण्डारले अनलाइन मार्फत विश्वका नेपाली भएका सबैजसो ठाउँमा माग अनुसार पुस्तक वितरण गर्ने लक्ष राखेको रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठले वताएका छन् । उनले विश्वरिक्रमालाई जानकारी गराए अनुसार युरोप अमेरिका लगायत विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली वा कसैले shopratnaonline.com मार्फत […]

Continue Reading

कवि तथा गायक योगेश वैद्य रहेनन्

५ माघ २०८०, काठमाडौं नेपाली जगतले एक वरिष्ठ गायक, गीतकार तथा राष्ट्रभक्त नेपाली योगेश वैद्य गुमाएको छ । कैयन् कर्णप्रिय गीतका लोकप्रिय विशिष्ट गायक वैद्यको राती १२।३० बजे काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा देहावसान भयो । “नेपाल मेरो तिमीलाई उपहार भो …” जस्ता राष्ट्रिय भावनाको गीतका साथै ” सपना भुलाई सारा …” जस्ता हृदयस्पर्शी गीत […]

Continue Reading

मुक्तकहरू

मुरारि सिग्देल १) जगतमा ठुलो हुन्छ कर्म । कर्म गरे पछि हुन्छ धर्म | कर्म भनेको भाग्य हैन  , बुझौ हामी सबै  ,गीताको मर्म| २) अँध्यारो रातमा जून कस्तो ? बैरागीको संगीतमा धून कस्तो? बेइमानी ,बैगुनी यो समाजमा , भलो गर्‍यो,गुन गर्‍यो नून सस्तो । ३) सीमसार भित्र हुन्छ,पानीको मूल काँढै काँढा बीच हुन्छ कोमल […]

Continue Reading

चट्याङमास्टरलाई “पिंडाली हास्यब्यङ्ग्य पुरस्कार”

४ माघ २०८०, काठमाडौं   हास्यब्यङ्ग्य कविताका प्रतिष्ठित प्रतिभा चट्याङमास्टरलाई मनोहरा साहित्य समाजले २० हजार राशीको “पिंडाली हास्यब्यङ्ग्य पुरस्कार” प्रदान गरिने भएको छ । यसै वर्षदेखि प्रदान गरिने यो पुरस्कार पाउने उनी प्रथम प्रतिभा हुन् । यो पुरस्कार मनोहरा साहित्य समाजको नियमित रचना बाचनको ८५औं श्रृङ्खलाको अवसरमा आगामि माघ १३ गते समर्पण गरिनेछ ।   […]

Continue Reading

कहीं गएको छैन ऊ

 नवराज कार्की   उसलाई यति त बोल्न देऊ ‘देश’ खोसिएको मान्छे हो, ऊ तिम्रो मानिकलाई ‘ठेंगा’ देखाएर, बिदेशिएको मान्छे हो, ऊ   तिम्रो मालिक‌ले ‘देश’ लुट्दा, खुशी हुँदैछौ तिमी सबै जालहरु चुँडालेर, उछिट्टिएको मान्छे हो, ऊ   ऊ जे बोल्छ, जहाँ बोल्छ, देशकै मायाले त बोल्छ विभेदहरुको आरनमा सधै, पोलिएको मान्छे हो,ऊ   तिम्रो राजमा […]

Continue Reading

कविता यात्राका सहभागीलाई सम्मान

२ माघ २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले हिजो “कविता यात्रा २०८०” मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्‍यो । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रा.डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाशचन्द्र पौडेल, प्रद्युम्न […]

Continue Reading

सङ्खुवासभा प्रतिभा पुरस्कार सोमराज अभयलाई समर्पण गरिने

३ माघ २०८०, काठमाडौं शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष प्रदान गरिने ‘शब्दयात्रा प्रा.केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ २०८० सालका लागि महाकाव्यकार सोमराज अभयलाई समर्पण गर्ने निर्णय गरेको छ । सोमराज अभय कट्टेलको जन्म सङ्खुवासभाको खाँदबारीमा १९९८ सालमा भएको हो । उनका पूजा (लघुकाव्य, २०२४), नौ निबन्ध (निबन्धसङ्ग्रह, २०४१), मदिरामन्दको घोडदौड (निबन्धसङ्ग्रह, २०४७), सूर्यनारायण […]

Continue Reading