मुक्तकहरू

कविता

मुरारि सिग्देल

१)

जगतमा ठुलो हुन्छ कर्म ।

कर्म गरे पछि हुन्छ धर्म |

कर्म भनेको भाग्य हैन  ,

बुझौ हामी सबै  ,गीताको मर्म|

२)

अँध्यारो रातमा जून कस्तो ?

बैरागीको संगीतमा धून कस्तो?

बेइमानी ,बैगुनी यो समाजमा ,

भलो गर्‍यो,गुन गर्‍यो नून सस्तो ।

३)

सीमसार भित्र हुन्छ,पानीको मूल

काँढै काँढा बीच हुन्छ कोमल फूल

तीखो बचनको बाणले नहान साथी

कोमल मन मुटु दुखे बढ्छ शूल

४)

कुनै पनि अर्थ नबुझ्दा अनर्थ हुन्छ।

गरेका काम पनि सबै सबै व्यर्थ हुन्छ

सबै कहाँ रामभक्त हनुमान हुन्छन् र,

स्वार्थीको भक्तिको के अर्थ हुन्छ।

५)

मेरो चाहना निरोगी तन होस् ।

मेरो कामना  निर्मल मन होस् ।

एकदिन खाली हात जानू नै छ,

मेरो भावना बाँच्न पुग्ने धन होस् ।

०००

कवि परिचयः कवि मुरारि सिग्देल सन्डोल,गोकर्ण ,काठमाडौमा जन्मेका हुन् र हाल गोकर्णेश्वर न पा ४ माइतीनेपालमा वसोवास गर्छन् । उनले विसं २०५२ सालमा दिब्य दर्शन पत्रिकामा कविता प्रकाशन गरेर साहित्य यात्रा थालनी गरेका हुन् । कविता, मुक्तक, हाइकु, लघुकथा, समीक्षा बिधामा कलम चलाउने उनको “म सुक्न दिन्न पानी” (२०५२) कविता सङ्ग्रह प्रकाशित छ ।

Leave a Reply