सङ्खुवासभा प्रतिभा पुरस्कार सोमराज अभयलाई समर्पण गरिने

मुख्य समाचार

३ माघ २०८०, काठमाडौं

शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष प्रदान गरिने ‘शब्दयात्रा प्रा.केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ २०८० सालका लागि महाकाव्यकार सोमराज अभयलाई समर्पण गर्ने निर्णय गरेको छ ।
सोमराज अभय कट्टेलको जन्म सङ्खुवासभाको खाँदबारीमा १९९८ सालमा भएको हो । उनका पूजा (लघुकाव्य, २०२४), नौ निबन्ध (निबन्धसङ्ग्रह, २०४१), मदिरामन्दको घोडदौड (निबन्धसङ्ग्रह, २०४७), सूर्यनारायण (खण्डकाव्य, २०५६), अनुगुञ्जन (कवितासङ्ग्रह, २०६२) र विद्रोही काले (महाकाव्य, २०६२) प्रकाशित छन् । उनको बसोवास हाल विराटनगरमा छ ।
यो पुरस्कार यसअघि कवि ज्ञान उदास र कलाकार पदमप्रसाद पौडेललाई समर्पण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले जनाए अनुसार यो पुरस्कारको कोष व्यवस्थापन प्रा.केदारनाथ–लीला श्रेष्ठले गरेका हुन् ।
पुरस्कार आगामि माघ १३ गते शनिबार समर्पण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *