६ माघ २०८०, काठमाडौं
स्रष्टा राजाराम वर्तौलाको तेश्रो कृति कविता सङ्ग्रह “भ्रमित सत्य” विमोचन सम्पन्न भएको छ । प्राज्ञिक बुक्सको आयोजनामा सम्पन्न सो कार्यक्रममा अतिथिहरु डा. तुलसी भट्टराई तथा सुरेन्द्र केसी र स्रष्टा राजाराम बर्तौलाले पुस्तकको सामुहिक बिमोचन गरे ।
विमोचनपश्चात् अतिथिहरु डा. तुलसी भट्टराई तथा सुरेन्द्र केसीले पुस्तकको चर्चा गरेका थिए ।
कार्यक्रमको शुरुमा बद्रीप्रसाद ढकालले स्वागत गरेका थिए भने अन्तमा स्रष्टा राजाराम बर्तौलाले धन्यवाद ज्ञापन गरेका थिए ।
परराष्ट्र सेवाको लामो समय सेवापछि लेखनमा सकृय स्रष्टा वर्तौलाका यसअघि ” मेरा पाइलाहरु” तथा “अल्छी ढुङ्गो” दुई गैर आख्यानका पुस्तकहरु प्रकाशित छन् ।