विपना हुँ कि सपना?

नन्दु उप्रेती   म विपना हुँ कि सपना ? आफ्ना सपनाहरू जोडेर मेरा बाले मेरो नाम राखिदिए: विपना आमाले पनि आफ्ना सपनाहरू जोडिएको भेटिन् सायद त्यही नाममा र भनिन् मेरी छोरी: विपना । अनगिन्ती दुःखका पहाडहरू ढालेर खुशी र सुखको हिमाल उभ्याउने अभियान भन्दै केही सिपाहीजस्ता मान्छेहरूले सकुशल लगेका हुन् मध्यरातमा मेरा बालाई तिनीहरूले देखाएका […]

Continue Reading

घामभित्र

दिव्य गिरी   घामभित्र तिमी छ्यौ म छु हाम्रो माया छ ।   घाम तापिरहेका गुराँस, लालुपाते, गोदावरी र सयपत्रीको मुस्कान छ तिम्रो मुहारमा त्यो मुस्कानभित्र मेरो मुटुको धड्कन छ त्यो धड्कनभित्र तिम्रो र मेरो पिरतीको साइनो छ त्यो पिरतीको साइनोभित्र हामी दुबैको मायाको आकाश छ त्यो आकाशमा जून–ताराहरू छन् ती जून–ताराहरूको छायाँ तल तिम्रो […]

Continue Reading

मेसो

देवकी तिमल्सिना    जदेउ मान्ठौ जदेउ! अर्ती दिदेउ जिजु लला अर्ती दिदेउ बाबा आमा सौराइँ मेट्न आयाको छु झल्का लाइगयो र तिम्मा   भोक लाग्यो नभन्या भाउअ यहाँ तेरो आमा नाइँ हुन्या नाईं मनका जसो आँसुको रङ्ग फेर्न्या काइँ   काम खोज्दो छइ काम पाउँदैनइ राम हेर्दो छइ राम मान्दैनइ आया गया सगरको चाँदो खेडिया हेर चारै दिशा उसै कहाँ मिल्दोछ र रोटा यइथै भैगो मान्ठौको जूनी तिम्मो हाम्मो भयाकै छ रुनी।   म त सोच्दो दिन जाँदो छ जोवन जान्या र छ कसले सुन्दो मनका बह मनै  दु: खारि भयाको छ यसले पन यहाँ दु:ख नकह!   सँगै साथ्या  सिंहदरबार तिम्मा दिन हाँसेरै बाइ गो मन, दिल फाटेको बेला चोट कसलाई ला छ? भलाभला गाला मारी लालीगुराँस फुलाउन ल्याउनुछ छकालको घाम।   साथ्यौ, हाम्मो इतिहास खोइनु छ उकालो ओरालो  हट्टा बाटो लाग्यो तेस्रो जिन्दगी बाँच्नुको अथ्थो लाउन्या मन छ मेसो।   सुनको सुगन्ध हुन्या नाइ उखुको फल लाग्न्या नाइ सादा जीवन चिल हुँदोछ मलाई पर्याको छ पीर ज्या पर्यापन झुकाइन्न शिर ।   ओ मेरा साथ्या संगी! म क्या भनुँ देश भनला जान्या आफै बुझ्न्या आफै मेसो लाउँछु यही । कवि परिचयः कवि देवकी तिमिल्सिना सिन्धुपाल्चोकको बलेफीमा जन्मेकी हुन् र हाल सुर्खेतमा वसोवास गर्छिन् । माओवादी जनयुध्दमासकृय रूपले १० वर्ष संलग्न उनको अहिलेको कार्यक्षेत्र कर्णाली रहेको छ, जस्को झल्को यस कवितामा पाउन सकिन्छ ! उनका“योध्दाको सपना” कविता संग्रह (२०७६) तथा “छुटेका सपना” मुक्तक संग्रह (२०७७) प्रकाशित छन् ।

Continue Reading

युक्रेनमा युद्ध : सम्वेदनामय सम्वेदना

साम्ब ढकाल   युक्रेनमाथिको धावा बोलेर लडाईंको सेन्चुरी दिन मनाइरहेका हे युद्ध पिपासु शासकहरू हो न्युनतम मानवताको ख्याल नराख्दा अहमको मोर्चाबाट केही कदम पछाडि नहट्दा तुजुकको खम्बा ठड्याइ रहँदा सम्वेदनामा खिया लाग्दालाग्दा भोलिका सन्ततीलाई के सुम्पन चाहन्छौ ?   घरघरबाट कुकुरमात्रै हराएका छैनन् चाउरीमाथि चाउरी खापिएका बुढी हजुरआमाका अनुहारभरिभरि ड्रेसिङ् गरेका गजोहरू उप्केर आला घाउहरूमा […]

Continue Reading

कुन सपनामा छ देश ?

दीपक मुडभरी ‘मित्र’   छोरा नातीहरू भन्छन अब हाम्रो पालो पौरख देखाउने रंगिन सपनाहरू बुन्ने अनि आँखामै उन्ने कोईलाले भित्तामा कोरेका बाङ्गा टिङ्गा काला रेखाहरू देशको नक्सा झैं रंगिन बनाउँदै आमाका धुमिल सपनाहरू साकार गराउने ।   रंगिन सपनाहरू पुर्खाले रगतले कोरे बाबा आमाले रंगहिन आँशुले टलपलिएका आँखाहरूले गोरेटोका दोरेटोमा चन्द्र सूर्य नियाल्दै बाँझो गह्राहरूमा […]

Continue Reading

गजल

सानुराजा अञ्जान   मीठो  साईनो  रहरले  गाँस्न  पाए  हुन्थ्यो, दु:खेको  छ  मन  अलि  हाँस्न पाए हुन्थ्यो ।   सबैजना  विराना  छन्,  सबै  पराया  छन्, सारा  मेरा  सुखहरु  बाँड्न  पाए  हुन्थ्यो ।   थाहै   नदिई   मुटु  मेरो  हर्‍यो  निष्ठुरीले, पत्थरको  त्यो  छाती  मास्न  पाए  हुन्थ्यो ।   पत्थरकै   मुटु    हुने  बैगुनीको    पनि सबै  सबै  दु:खहरु  साँच्न   […]

Continue Reading

माटोको माया

रञ्जुश्री पराजुली   जति सुकै रोक्न खोजे पनि भित्र अटाई नअटाई थिच्न खोजे पनि बेवास्ता गर्दै ओझेलमा राखे पनि दविएर वाफिएको  पीडाको ज्वाला किन हुन्छ अनायास  विस्फोट किन आउँछन्  पलपलमा संझनाका छिटा मोटो हुने चाहनाको पछि दगुरेर त्यसैको होडबाजीको जोशमा हुत्तिएर माया दयाको अपमान र तिरस्कार गर्दै सुन्ने र हेर्ने ईन्द्रीयमा पर्दा ढाकेर केवल बोल्ने […]

Continue Reading

कविताः युगको अन्तिम रात

मीनकुमार नवोदित, काठमाडौं   युगको अन्तिम रात अस्ताउनुअघि डाँडामा टुक्रुक्क बसेर बिदाइको हात हल्लाउनेछ घामले ।   उड्नुअघि एकै ठाउँ भेला भएर गाउने छन् चराहरूले दु:ख–सुखका गीत पग्लनुअघि हिउँको शिरमा बल्नेछ समयको अन्तिम आगो ।   जीवनको अन्तिम कुनामा पुग्न हतार हुने छैन बतासलाई थकाईका पोकाहरूलाई सिङ्गोरीमा झुण्ड्याएर आफ्नै किनारामा अडेसो लाग्दै सुस्ताउनेछ नदी मन्दिरका […]

Continue Reading

आफ्नो मान्छे

ठाकुर बेलवासे, काठमाडौं तिमी चाहे रुमालले पुछ आँसु चाहे पानीले पखाल म तिम्रो आँसुको रंग परैबाट चिन्दछु कारण तिम्रो रोदनमा मेरो क्रन्दन लुकेको छ तिमी चाहे फूलैफूलले अनुहार रंंगाउ चाहे ओठमा हाँसोको नदी उमार म तिम्रो मनको वेग परैबाट जान्दछु कारण तिम्रो ओठमा मेरो हाँसो लुकेको छ तिम्रो मनमा मेरो संसार झुमेको छ दु:खको बेला […]

Continue Reading

दुई छोटा कविता

किशन पौडेल, हेटौंडा, नेपाल १, भोक जब – खाली पेट टम्म भरिन्छ एउटा भोक जागेर आउँछ कहिल्यै तृप्त नहुने भोक ! भोका पेटहरू त्यति खतरनाक हुँदैनन् टम्म पेट भरिएका भोका मान्छेहरूदेखि होसियार ! °° २, रङ्ग विरूप अनुहारमा कृत्रिम रङ्गहरू पोतेर रूप बदल्छ मान्छे जब- बिस्तारै पखालिँदै जान्छ अनुहारबाट कृत्रिम रङ्गहरू कुरूप देखिन्छ मान्छे ! […]

Continue Reading