किशन पौडेल, हेटौंडा, नेपाल
१, भोक
जब –
खाली पेट टम्म भरिन्छ
एउटा भोक जागेर आउँछ
कहिल्यै तृप्त नहुने भोक !
भोका पेटहरू
त्यति खतरनाक हुँदैनन्
टम्म पेट भरिएका
भोका मान्छेहरूदेखि
होसियार !
°°
२, रङ्ग
विरूप
अनुहारमा
कृत्रिम रङ्गहरू पोतेर
रूप बदल्छ मान्छे
जब-
बिस्तारै पखालिँदै जान्छ
अनुहारबाट
कृत्रिम रङ्गहरू
कुरूप देखिन्छ मान्छे !
**
कवि परिचयः हेटौंडा -६ पुतलीबजारमा जनमेका किशन पौडेल हेटौंडालाई नै कर्मभूमि बनाएर साहित्य सिर्जनामा लागेका छन् । विभिन्न पत्र पत्रीकाहरुमा २०४५/२०४६ साल देखि विविध फुटकर रचनाहरु प्रकाशित उनको “कहर” गजल सङ्ग्रह इ्रकाशित छ । सयुक्त गजल सङ्ग्रह “हैसियत” मा पनि सहभागी उनी लघुकथा सङ्ग्रहको प्रकाशनको तयारीमा छन् ।