देवकी तिमल्सिना
जदेउ मान्ठौ जदेउ!
अर्ती दिदेउ जिजु लला
अर्ती दिदेउ बाबा आमा
सौराइँ मेट्न आयाको छु
झल्का लाइगयो र तिम्मा
भोक लाग्यो नभन्या भाउअ
यहाँ तेरो आमा नाइँ
हुन्या नाईं मनका जसो
आँसुको रङ्ग फेर्न्या काइँ
काम खोज्दो छइ काम पाउँदैनइ
राम हेर्दो छइ राम मान्दैनइ
आया गया सगरको चाँदो
खेडिया हेर चारै दिशा
उसै कहाँ मिल्दोछ र रोटा
यइथै भैगो मान्ठौको जूनी
तिम्मो हाम्मो भयाकै छ रुनी।
म त सोच्दो दिन जाँदो छ
जोवन जान्या र छ
कसले सुन्दो मनका बह
मनै दु: खारि भयाको छ
यसले पन यहाँ दु:ख नकह!
सँगै साथ्या सिंहदरबार
तिम्मा दिन हाँसेरै बाइ गो
मन, दिल फाटेको बेला
चोट कसलाई ला छ?
भलाभला गाला मारी
लालीगुराँस फुलाउन
ल्याउनुछ छकालको घाम।
साथ्यौ,
हाम्मो इतिहास खोइनु छ
उकालो ओरालो हट्टा
बाटो लाग्यो तेस्रो
जिन्दगी बाँच्नुको अथ्थो
लाउन्या मन छ मेसो।
सुनको सुगन्ध हुन्या नाइ
उखुको फल लाग्न्या नाइ
सादा जीवन चिल हुँदोछ
मलाई पर्याको छ पीर
ज्या पर्यापन झुकाइन्न शिर ।
ओ मेरा साथ्या संगी!
म क्या भनुँ देश भनला
जान्या आफै बुझ्न्या आफै
मेसो लाउँछु यही ।
कवि परिचयः कवि देवकी तिमिल्सिना सिन्धुपाल्चोकको बलेफीमा जन्मेकी हुन् र हाल सुर्खेतमा वसोवास गर्छिन् । माओवादी जनयुध्दमासकृय रूपले १० वर्ष संलग्न उनको अहिलेको कार्यक्षेत्र कर्णाली रहेको छ, जस्को झल्को यस कवितामा पाउन सकिन्छ ! उनका“योध्दाको सपना” कविता संग्रह (२०७६) तथा “छुटेका सपना” मुक्तक संग्रह (२०७७) प्रकाशित छन् ।
