सानुराजा अञ्जान
मीठो साईनो रहरले गाँस्न पाए हुन्थ्यो,
दु:खेको छ मन अलि हाँस्न पाए हुन्थ्यो ।
सबैजना विराना छन्, सबै पराया छन्,
सारा मेरा सुखहरु बाँड्न पाए हुन्थ्यो ।
थाहै नदिई मुटु मेरो हर्यो निष्ठुरीले,
पत्थरको त्यो छाती मास्न पाए हुन्थ्यो ।
पत्थरकै मुटु हुने बैगुनीको पनि
सबै सबै दु:खहरु साँच्न पाए हुन्थ्यो ।
मीठो साईनो रहरले गाँस्न पाए हुन्थ्यो,
सारा मेरा सुखहरु बाँड्न पाए हुन्थ्यो ।
गजलकार परिचयः मूल नाम सानुराजा श्रेष्ठबाट साहित्यिक नाम सानुराजा अन्जान बनेका उनी मूलत गजल तथा कविताको क।षेत्रमा कलम चलाउँछन् । उनको सानुराजा अन्जानका सौगातहरु(गीत र गजलको सङ?ग्रह), साहित्यकारहरुको जीवनी र रमाइला कथाहरु(वालोपयोगी कृति) प्रकाशित छन् । उनको पहिलो कृति माणिकरत्न शाक्यको गीत सङ्ग्रहको सम्पादित पुस्तक हो । उनको बसोवास पशुपति देउपाटनमा रहेको छ ।