क्षितिजको यात्रा

राजेश ढुंगाना मैले पएट मारेर बतासमा बतासकै काम्रो लगाएको खुट्टाले क्षितिजको यात्रा प्रारम्भ गरेको छु भोलि दुर्घटना हुने जान्दा जान्दै आकाशसँग मायालु ओठहरुका चुम्बन असफल स्खलित हुने जान्दा–जान्दै पनि मेरो यात्रा रोकिंदैन हो पएट मारेर बतासमा बतासकै काम्रो लगाएको खुट्टाले मैले क्षितिजको यात्रा प्रारम्भ गरेको छु ठोक्किंदै चराहरुसँग रोमाञ्चक कावा खेलेर बादलसँग कुनै पनि बेला […]

Continue Reading

दुवसु क्षेत्रीलाई पारिजात साहित्य साधना गुराँस सम्मानको घोषणा

२१ साउन २०८१, काठमाडौं लाली गुराँस साहित्य प्रतिष्ठानले कवि दुवसु क्षेत्रीलाई पारिजात साहित्य साधना गुराँस सम्मान २०८१ प्रदान गरिने घोषणा गरिएको छ । प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कुरा प्रतिष्ठानका सदस्य सचिव पवन पुखरेल हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । विशेष काब्य विधामा योगदान पु-याउने श्रष्टालाई दिइने यो पुरस्कार प्रत्येक […]

Continue Reading

व्यथित काव्य पुरस्कार र डायस्पोरा सम्मानको घोषणा

२२ साउन २०८१, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” तथा कवि सुरेन उप्रेती (क्यानडा) लाई “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” प्रदान गर्ने निर्णय गरेको छ । ब्यथित काब्य पुरस्कार बिसं २०३९ सालदेखि दिईंदै आएको हो भने ब्यथित डायस्पोरा सम्मान बिगतका केही बर्षदेखि प्रदान गर्न थालिएको हो । साहित्यकार श्रीओम […]

Continue Reading

लोकप्रिया पुरस्कारको घोषणा

२१ साउन २०८१ साउन, काठमाडौं । साहित्यिक पत्रकार संघले बर्षेनी प्रदान गर्ने गरेको वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा स्थापित “लोकप्रिया पुरस्कार” २०८१ का लागि साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो पुरस्कारका लागि साहित्यकार नरेन्द्रबहादुर […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कारका लागि उत्कृष्ट १० कृतिको सूचि प्रकाशित

२१ श्रावण २०८१, चितवन कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” का लागि उत्कृष्ट १० आख्यान कृतिको लामो सूचि सार्जनिक गरेको छ । कवि डाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सूचिकृत १० आख्यान कृतिहरुमा बिष्णु सापकोटाको “अडिएका पाइला”, कृष्ण गौतमको “अद्वैत”, रमेश सायनको […]

Continue Reading

कोहलपुरमा “मोहोर” बिमोचित

१९ साउन २०८१, कोहलपुर साहित्यकार सागर गैरेको उपन्यास “मोहोर” हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुरमा एक समारोहवीच बिमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेले गैरे, सभाध्यक्ष पूर्णिमा प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जान, लेखक स्वयम् तथा मञ्चासिन अतिथिहरुले सामुहिक रुपमा सो उपन्यासको विमोचन गरेका […]

Continue Reading

गणेश रसिकलाई अभिनन्दन

१९ साउन २०८१, काठमाडौं साहित्य चौतारीको रजत महोत्सवका अवसरमा गत असार ३१ सर्जकहरुलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने कार्यक्रमका एक प्रतिभा गणेश रसिक सो अभिनन्दन ग्रहण गर्न झापा जान स्वास्थ्यको कारणले असमर्थ भएकोमा उनलाई काठमाडौंमा एक समारोहका वीच सो अभिनन्दन हस्तान्तरण गरियो । नेपाली जगतमा गीत, संगीत र साहित्यका त्रिवेणी रसिकलाई नेपाल लीलतकला प्रज्ञा प्रतिष्ठानका कुलपती […]

Continue Reading

चार स्रष्टाहरूलाई सुरभी आख्यान पुरस्कार समर्पण

१९ साउन २०८१, काठमाडौं, सुरभि साहित्य प्रतिष्ठानको १६३ औँ आख्यान वाचन कार्यक्रम तथा २०८० सालको पुरस्कार समर्पण कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं.८ ढोल्खाधारोस्थित कृष्णमन्दिर कुटी परिसरमा सम्पन्न भएको छ। सो कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’ले अच्युतराम लघुकथा पुरस्कार,हिरण्यकुमारी पाठकले सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार,विद्याप्रसाद घिमिरेले सुलेख आख्यान प्रतिभा पुरस्कार एवम् रामचन्द्र दाहालले सुरभि वेदमणि आख्यान […]

Continue Reading

ओई ! कता ?

कात्यायन – “ओई ! कता ?” कसैले चिच्यायो । आवाज सुन्दासुन्दै, प्रश्न सोध्ने देखिएन । झापाको दापगाछीको भ्युटावरको समिपमा रहेको बुलेट ट्रेन चढिसकेको थिएँ । क्षणभरमा नै अधिराज्यभरको भ्युटावर अवलोकन गर्दै, म टेकुको दोभानमा रहेको स्टेसनमा उत्रिएँ । फेरि आवाज आयो, “ओई ! कता ?” मैले भनेँ, “रुकुम पूर्वस्थित सिस्ने र पुथा उत्तरगङ्गा गाउँ पालिका […]

Continue Reading

गीत

सुनिल संगम अरूलाई त ढाटेँ ढाटेँ आफैलाई ढाँट्न सकिन काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन साथीभाईको आँखा छली तिमीसितै वात मार्छु रसाउँदा आँखाहरू लुकीलुकी आँसु झार्छु तिम्रो मन दुखाएर अन्त माया साट्न सकिन काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन दुनियाको कुरा छोड तिमीलाई चाहेको छु तिम्रो खुसी भित्र मैले मेरो संसार […]

Continue Reading