१९ साउन २०८१, काठमाडौं,
सुरभि साहित्य प्रतिष्ठानको १६३ औँ आख्यान वाचन कार्यक्रम तथा २०८० सालको पुरस्कार समर्पण कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं.८ ढोल्खाधारोस्थित कृष्णमन्दिर कुटी परिसरमा सम्पन्न भएको छ।
सो कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’ले अच्युतराम लघुकथा पुरस्कार,हिरण्यकुमारी पाठकले सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार,विद्याप्रसाद घिमिरेले सुलेख आख्यान प्रतिभा पुरस्कार एवम् रामचन्द्र दाहालले सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार प्राप्त गरेका थिए। ती सबै पुरस्कारहरुमा १० हजार राशी रहेको छ । कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले पुरस्कृत साहित्यिक श्रष्टाहरूलाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान अर्पण गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराजुलीले पुरस्कृत भएका व्यक्तित्वहरूको साहित्यिक योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)