२१ साउन २०८१, काठमाडौं
लाली गुराँस साहित्य प्रतिष्ठानले कवि दुवसु क्षेत्रीलाई पारिजात साहित्य साधना गुराँस सम्मान २०८१ प्रदान गरिने घोषणा गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कुरा प्रतिष्ठानका सदस्य सचिव पवन पुखरेल हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । विशेष काब्य विधामा योगदान पु-याउने श्रष्टालाई दिइने यो पुरस्कार प्रत्येक ३ वर्षमा प्रदान गरिने र यो सम्मानको साथमा ५१ हजार १११ राशी समेत रहेको जनाइएको छ ।
कविता, गीत, गजल लगायतका काव्य बिधामा कलम चलाउने क्षेत्री हाल जापानका लागि नेपाली राजदूतका रुपमा टोकियोमा कार्यरत रहेका छन् ।