१९ साउन २०८१, काठमाडौं
साहित्य चौतारीको रजत महोत्सवका अवसरमा गत असार ३१ सर्जकहरुलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने कार्यक्रमका एक प्रतिभा गणेश रसिक सो अभिनन्दन ग्रहण गर्न झापा जान स्वास्थ्यको कारणले असमर्थ भएकोमा उनलाई काठमाडौंमा एक समारोहका वीच सो अभिनन्दन हस्तान्तरण गरियो ।
नेपाली जगतमा गीत, संगीत र साहित्यका त्रिवेणी रसिकलाई नेपाल लीलतकला प्रज्ञा प्रतिष्ठानका कुलपती नारदमणि हार्तलाम्छीले हस्तान्तरण गरे ।
साहित्य चौतारी झापाका संरक्षक सचिव गौरव श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रा.डा. गोविन्द सिंह कार्कीले प्रकाश पारेका थिए । संस्थाका सल्लाहकार तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
सोही कार्यक्रममा अमेरिकामा ईनेप्लिज डटकम सञ्चालन गरिरहेका मिडियाकर्मी विश्वराज थापालाई समेत स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा डा. सुरेन्द्र केसी, मदनदास श्रेष्ठ, लोचन भट्टराई, मथुरा श्रेष्ठले मन्तब्य प्रकट गरेका थिए ।
कार्यक्रममा अभिनन्दित ब्यक्तित्व रसिकले आफ्नो भनाइ राखेका थिए ।
सोही समारोहमा हालै दिबङ्गत साहित्य संगीत श्रष्टाहरु एल पी जोशी तथा गुरुदेव कामतको सम्झना गरिएको थियो भने बुलु मुकारुङ एबम् नरहरि प्रेमीले अभिनन्दित प्रतिभा गणेश रसिक, दिवंगत स्राष्टाहरु एल पी जोशी तथा गुरुदेव कामतका गीतहरु प्रस्तुत गरेका थिए ।