व्यथित काव्य पुरस्कार र डायस्पोरा सम्मानको घोषणा

मुख्य समाचार

२२ साउन २०८१, काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” तथा कवि सुरेन उप्रेती (क्यानडा) लाई “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” प्रदान गर्ने निर्णय गरेको छ ।
ब्यथित काब्य पुरस्कार बिसं २०३९ सालदेखि दिईंदै आएको हो भने ब्यथित डायस्पोरा सम्मान बिगतका केही बर्षदेखि प्रदान गर्न थालिएको हो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा
बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
पुरस्कृत हुने प्रतिभा मणि लोहनी मूलतः कवि हुन् र उनका आन्दोलनले छट्पटाएका कलमहरु, मलामी साँझ, मृत्युको अघिल्तिर लगायत कविता कृतिहरु प्रकाशित छन् । उनका कथा सङ्ग्रहहरु पनि प्रकाशित छन् ।
अर्का पुरस्कृत हुने प्रतिभा सुरेन उप्रेती क्यानाडालाई कर्मभूमि बनाएर बसेका स्रष्टा हुन् । उनको “आजमा स्वरहरु” कविता सङ्ग्रह तथा बधशालाको धून निबन्ध सङ्ग्रह, प्रेयसी रोबर्ट कथा सङ्ग्रह लगायत वाल साहित्यका कृतिहरु समेत प्रकाशित छन् ।
ब्यथित काब्य पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की ठाकुर बेलबासे, सम्मानित भइसकेका छन् ।
यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत), शकुन ज्ञवाली
(अमेरिका) र खेमनाथ दाहाल सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *