१९ साउन २०८१, कोहलपुर
साहित्यकार सागर गैरेको उपन्यास “मोहोर” हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुरमा एक समारोहवीच बिमोचन सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरेले गैरे, सभाध्यक्ष पूर्णिमा प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जान, लेखक स्वयम् तथा मञ्चासिन अतिथिहरुले सामुहिक रुपमा सो उपन्यासको विमोचन गरेका थिइ ।
बिमोचित उपन्यासको विषयमा प्रा.डा. जनार्दन आचार्य तथा प्राध्यापक हरिप्रसाद तिमल्सिनाले आआफ्नो धारणा राखेका थिए । प्राडा आचार्यले उपन्यासले तत्कालिन समयको सामाजिक आर्थिक तथा ऐतिहासिक पक्षलाई समेट्न सफल भएको बताए भने प्राध्यापक तिमिल्सिनाले उपन्यासमा केही नयाँ प्रयोग समेत भएको बताए ।
लेखक सागर गैरेले आफ्नो कृति लेखनको विषयमा बताउँदै “मैले मेरो कथा लेखेँ। मेरो छट्पटी र उकुसमुकुस लेखेँ । उपन्यासको सिध्दान्तलाईभन्दा मेरा बुबाको अनुभव र अनुभूतिलाई लेख्ने प्रयास गरेँ” भन्दै आख्यान लेखनमा पहिलो अनुभव भएको बताए ।
आयोजक संस्था पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन बद्री ढकाल हिरामणिले सञ्चालन गरेका थिए ।