सुनिल संगम
अरूलाई त ढाटेँ ढाटेँ आफैलाई ढाँट्न सकिन
काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन
साथीभाईको आँखा छली तिमीसितै वात मार्छु
रसाउँदा आँखाहरू लुकीलुकी आँसु झार्छु
तिम्रो मन दुखाएर अन्त माया साट्न सकिन
काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन
दुनियाको कुरा छोड तिमीलाई चाहेको छु
तिम्रो खुसी भित्र मैले मेरो संसार पाएको छु
जोडिएको चोखो माया लुगासरी फाट्न सकिन
काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन
गीतकार परिचयः नेपालको सिन्धुलीमा जन्मेका गीतकार सुनिल संगम ईजरायल तथा पोर्चुगल केही बर्ष विताएर सन् २०२० देखि बेलायतको आश्फोर्ड, केण्टमा बसोवास गर्छन् । साहित्यका अन्य विधामा कलम चलाए पनि उनी गीतमा बढी समर्पित छन् । उनको गीति एल्बमका साथै गीत सङ्ग्रह “थोपा थोपा”(२०६६) प्रकाशित छ ।