कविडाँडा आख्यान पुरस्कारका लागि उत्कृष्ट १० कृतिको सूचि प्रकाशित

समाचार

२१ श्रावण २०८१, चितवन

कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” का लागि उत्कृष्ट १० आख्यान कृतिको लामो सूचि सार्जनिक गरेको छ ।
कवि डाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सूचिकृत १० आख्यान कृतिहरुमा बिष्णु सापकोटाको “अडिएका पाइला”, कृष्ण गौतमको “अद्वैत”, रमेश सायनको “अन्तर”, विश्व कुईंकेलको “गोपिचा”, जीवन जीवन्तको “चरैवेती”, गोविन्दप्रसाद कुसुमको “भृकुटी” र रोशन थापा नीरवको “सन्त्रासका साठी दिन” ७ उपन्यास तथा सानु शर्माको “अर्को देशमा”, भक्त स्याङतानको “डम्फूको आत्मालाप” तथा केम बतासको “बुढीपोल्ली” ३ कथा सङ्गरह रहेका छन् ।
समाजको प्रचलन अनुसार अव दोश्रो छोटो सूचिमा ५ कृति छनौट हुनेछन् त ती पाँचमध्ये अन्तिम छनौटमा परेको कृतिले विसं २०८० सालको “कविडाँडा आख्यान पुरस्कार” प्राप्त गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *