वासुदेव लुइँटेल पुरस्कार मास्टरलाई प्रदान गरिने घोषणा

१९ साउन २०८०, काठमाडौं वासुदेव विद्यादेव लुइँटेल गुठीले प्रत्येक वर्ष प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कारवासुदेव लुइँटेल पुरस्कार मास्टरलाई प्रदान गरिने घोषणा भएको छ । यस पुरस्कारमा रकम रु १,११,१११/-, प्रतिक चिन्ह र प्रमाणपत्र रहेको छ । विसं २०५१ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट हास्यव्यङ्ग्य चित्रकार वलराम थापालाई प्रदान गरिएको थियो । यो पुरस्कार […]

Continue Reading

१३ साधकहरुलाई “सापस स्वर्ण महोत्सव सम्मान”

१९ साउन, २०८०, काठमाडौं ।   साहित्यिक पत्रकार सङ्घले स्वर्ण महोत्सवको अवसरमा साहित्य र कला क्षेत्रका तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान” प्रदान गर्ने भएको छ । सङ्घले जनाए अनुसार मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी […]

Continue Reading

कवि प्रद्युम्न जोशीको शल्यक्रिया सम्पन्न

१८ साउन २०८०, काठमाडौं कवि तथा वासु शशी स्मृति परिषदका सदस्य-सचिव प्रद्युम्न जोशीको पेटको शल्यकृया नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा साउन ११ गते सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ सर्जन डा कपिन्द्र शेखर अमात्य र डा. सुनिता अमात्य सहितको टिमले उनको शल्यक्रिया गरेका हुन् । कवि वासुशशीको निधनपछि स्थापित वासुशशी स्मृति परिषदको स्थापनादेखि हालसम्म सो संस्था […]

Continue Reading

राष्ट्रगानका लेखकको नगरगान अस्वीकृत

१८ साउन २०८०, काठमाडौं नेपालमा गणतन्त्रको स्थापनापश्चात् परिवर्तन गरिएको नयाँ राष्ट्रगानका कवि व्याकुल माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएपछि साहित्यिक क्षेत्रमा विविध चर्चा र प्रतिकृया आएका छन् । चक्रपाणी चालिसेले लेखेको “श्रीमान गम्भिर नेपाली…..” राष्ट्रगानलाई व्याकुल माला लिखित “सयौं थुङ्गा फूलका हामी एकै माला नेपाली…” ले विस्थापित गरिएको थियो । सार्वजनिक आव्हान […]

Continue Reading

स्वदेशको सम्झना

हरि पौडेल, नेदरल्याण्ड   त्यो कलैया नगर नजिकैको बैरिया मेरो गाउँ सडकका अगल र बगलमा सिस्नोको झाडी खाल्डा र खुल्डी धुलो अनि हुरी बिहानीपख सैरमा हिडेको त्यो क्षण फर्कंदा मुखमा नीमको दतिवन अनि त्यो चोकको चिया राष्ट्रिय अन्तराष्ट्रिय गफमा मस्त मुकुन्द काका र श्रीराम दाइ प्रयाग चाचा र जोगिन्दर भाइ अब विदेशमा किन मेरो आँखा […]

Continue Reading

अनिल पौडेललाई जेबी टुहुरे स्मृति स्रष्टा सम्मानको घोषणा

१७ साउन २०८०, काठमाडौं कवि अनिल पौडेललाई जेबी टुहुरे स्मृति स्रष्टा सम्मान दिइने भएको छ । रु १ लाख राशी सहितको सो सम्मान आगामि भदौ १० गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरिनेछ । साथै जेबी टुहुरे स्मृति ग्रन्थ पनि सार्वजनिकिकरण गरिनेछ । गायक जेबी टुहुरेको अवसानपछि उनकी छोरी निर्भिका टुहुरेले पिताको नाममा फाउण्डेसनको […]

Continue Reading

छोराको पहिलो जहाज यात्रा

पातलो अन्तरे   हर्ष र डर दुबै मिसिएको अनुहार केही उत्साह केही नौलोपन यात्रा शुभ होस् भनेर जहाजभित्र पस्नुअघि जहाजलाई ढोग्न सिकाएँ तर मैले क र लगाईँन मैले मेरो कर्तब्य पुरा गरेँ, धर्म निभाएँ एउटा बाऊ हुनुको उसले पनि ठीक त्यसै गर्यो मैले बुझेको छु कि नानीहरूलाई यस्तै सानु कुराले प्रभाव पार्छ संस्कार यसरी नै […]

Continue Reading

सागर फुयालको कविता तथा गीत‘आफैँलाई खोज्न मन छ’ विमोचित

१६ साउन २०८०, काठमाडौं कवि सागर फुयालको कविता तथा गीतहरू ‘आफैँलाई खोज्न मन छ’ नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा विमोचन भयो । वरिष्ठ साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, शिव परियार, देविका तिमिल्सिना तथा लेखकले संयुक्त रुपमा  विमोचन गरे । कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिकार फुयालको काव्यकारिताको चर्चा गरेका थिए भने […]

Continue Reading

सुनको चिहान र ममीहरुको देशमा

भीम कार्की, टेक्सास   इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन ।  यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं । एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे […]

Continue Reading