१६ साउन २०८०, काठमाडौं
टुक्का साहित्य समाजले चौथो वार्षिकात्सवमा ८२ जना श्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेको छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँको अध्यक्षतामा २०८० साउन १३ गते बसेको बैठकले सो निर्णय गरेको हो । बैठक पश्चात अध्यक्ष चापागाईँले विगत ४ वर्ष देखि टुक्का कविता लेखन अभियानमा सक्रिय हजारौं टुक्काकारहरू तथा अभियानमा महत्वपूर्ण सहयोग पुर्याउनु हुने व्यक्तित्वहरू मध्ये यस पटक केही व्यक्तित्वहरूलाई मात्र सम्मानित गर्ने अवसर प्राप्त भएको र आगामी दिनहरूमा क्रमश सम्मानित गर्दै जाने बताएको छ ।
टुक्का कविताको चौथो वार्षिकोत्सवका अवसरमा पुस्तक विमोचन तथा सम्मान कार्यक्रम साउन २७ गते आयोजना गरिने भएको हो ।
समाजले जनाए अनुसार ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८० ले सम्मानित हुने पाँच स्रष्टाहरु अरुण बहादुर खत्री नदी ( काठमाडौं ), पदमा शर्मा आँचल (कालाचिनी, भारत), निमा छिरिङ्ग भुटिया ( दार्जिलिङ), शर्मिला श्रेष्ठ ( ललितपुर ) तथा अच्युत घिमिरे (भुटान ) रहेका छन् ।
टुक्का साहित्य संवृद्धि सम्मान २०८० बाट सम्मानित पाँच स्रष्टाहरु राजेन्द्र प्रधान पासा ( दार्जिलिङ, भारत), म्यामराज राई ( भोजपुर ), राम प्रसाद पुरी ( खोटाङ ), पुष्पा राई ( खोटाङ ) तथा भगवती दवाडी (झापा) रहेका छन् ।
त्यसैगरी २० जना टुक्का साहित्य प्रवर्धन सम्मान २०८० पाउनेहरुमा डा.सावित्री श्रेष्ठ (काठमाडौं), डा.देवी पन्थी ( बिराटनगर ), वसन्त अनुभव (दाङ), रचना शर्मा प्रतीक्षा (ललितपुर ), राजेशराज गड्तौला (मोरङ) , चूडा निर्भीक (गोरखा), जमुना आचार्य (सिन्धुपाल्चोक), होम प्रसाद नेउपाने ( धरान ), बेदु न्याैपाने (काठमाडौं), शोभा आचार्य गौतम (पाल्पा), रामशरण न्यौपाने (भक्तपुर), अनिल खग्रास ( पर्वत ), नानीबाबा अधिकारी ( काठमाडौं), जगत थापा ( बझाङ ), उषा केसी ( ललितपुर ), श्रीकृष्ण शर्मा ( पोखरा ), विमुन्स पौडेल ( पोखरा ), रुपा रिसाल ( काठमाडौं), रुपा पौडेल ( ललितपुर ) तथा नरेशलाल अमात्य ( ललितपुर ) रहेका छन् ।
त्यसैगरी टुक्काश्री साहित्य सम्मान २०८० बाट ५२ जना सम्मानित हुनेहरुमा अनुग्रह राना मगर ‘पुष्प’ (सङ्खुवासभा), अम्विका अधिकारी (झापा), अर्जुन प्रसाद चौलागाई (अमेरिका), कमला देवकोटा (पाल्पा), केशवप्रसाद ढकाल ‘प्रीतबीज’ (गोरखा), कृष्ण कुमारी छेत्री (दार्जिलिङ), गुणनिधि घिमिरे (अमेरिका), डम्बर थामी ‘अनुपम’ (दोलखा), दुर्गा आचार्य (मोरङ्ग), दुर्गा भट्टराई (मोरङ्ग), नवशिला (मोरङ), नागेन्द्रप्रसाद यादव (दाङ ), पवन कुमार बुढाथेाकी (काठमाडौं), पुष्पा सुवेदी (बाँके), प्रद्युम्न चालिसे (भक्तपुर), प्रमोद भट्टराई ‘प्रतीक'( भक्तपुर), प्रेम थापा “मन” (बागलुङ), बाबुराम गौतम (गुल्मी), बाबुराम पाण्डे (अर्घाखाँची ), बुद्धिमान दनुवार (झापा), भेष कुमारी लामीछाने (रुपन्दही), मन्दिरा सेढाई (धादिङ), मित्र उराठी गाैतम (गुल्मी ), रचना मोक्तान “यात्री” (काभ्रे), रश्मि रिमाल (झापा), राज कुमार राजभण्डारी (खोटाङ्ग), राजेश्वरी राजाेपाध्याय (ललितपुर), रुना कर्माचार्य दाहाल (भक्तपुर), सन्जना शर्मा ( दाङ), सरिता सेढाई (धादिङ), सहयात्री शाेभा अर्याल (रुपन्देही), सुरेशकुमार पाण्डे (दाङ), साधना पाैडेल (ओखलढुंगा), हन्नाह क्षेत्री ( दार्जिलिङ), त्रिलाेचन भण्डारी (झापा), गंगा खड्का (काठमाडौं), बिक्रम तिरुवा सलिन (जुम्ला), कान्छी बिनिता विश्वकर्मा (बाजुरा), अरुण कुमार भुजेल ( गोरुवथान, भारत), सुशीला पौडेल (अर्घाखाँची ), रामकृष्ण दुवाडी (कास्की), गोपाल कृष्ण डङ्गोल (काठमाडौं), लक्ष्मी श्रेष्ठ (झापा), परिक्रमा श्रेष्ठ (सुनसरी), धनुष न्यौपाने (जुम्ला), ललिता अभागी ( सिन्धुली), पुष्पाशायरा (मोरङ्ग), विनोद रिजाल (मोरङ्ग), रञ्जीवी ढकाल (बाँके), इन्दिरा देवकोटा (कपिलवस्तु), घनश्याम पौडेल (कास्की)) तथा पूर्ण बहादुर श्रेष्ठ (काभ्रे) रहेका छन् ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले विश्वपरिक्रमासँग कुरा गर्दैसम्मानितहरुलाई सम्मानपत्रका साथै पुस्तक उपहार दिने कार्यक्रम रहेको बताए ।
यसरी यौटै संस्थाले ८२ प्रिभालाई एकै समारोहमा सम्मानित गरिन लागेको नेपाली साहित्य जगतमै सम्भवत यो पहिलो घटना हुनसक्छ ।