कवि प्रद्युम्न जोशीको शल्यक्रिया सम्पन्न

समाचार

१८ साउन २०८०, काठमाडौं

कवि तथा वासु शशी स्मृति परिषदका सदस्य-सचिव प्रद्युम्न जोशीको पेटको शल्यकृया नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा साउन ११ गते सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ सर्जन डा कपिन्द्र शेखर अमात्य र डा. सुनिता अमात्य सहितको टिमले उनको शल्यक्रिया गरेका हुन् ।
कवि वासुशशीको निधनपछि स्थापित वासुशशी स्मृति परिषदको स्थापनादेखि हालसम्म सो संस्था कृयाशील गराउन उनको अथक योगदान रहेको छ । उनको “समयका स्वरहरु” कविता सङ्ग्रह प्रकाशित छ र उनले ९ कृतिहरुको सम्पादन समेत गरेका छन् ।
विश्वपरिक्रमासँग कुरा गर्दै अस्पतालबाट छिटै डिस्चार्ज भएर उनले केही समय घरमै आराम गर्नुपर्ने बताए ।
साथै शल्यकृयामा संलग्न डा. कपिन्द्र शेखर तथा डा. सुनिता अमात्य तथा नर्सिङ टिमका सानू श्रेष्ठ, सविना नगरकोटी, मोनिका लिम्बू, सुषमा श्रेष्ठ लगायतबाट अविस्मरणीय सेवा पाएको बताउँदै सबैप्रति धन्यवाद समेत प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *