१७ साउन २०८०, काठमाडौं
कवि अनिल पौडेललाई जेबी टुहुरे स्मृति स्रष्टा सम्मान दिइने भएको छ ।
रु १ लाख राशी सहितको सो सम्मान आगामि भदौ १० गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समर्पण गरिनेछ । साथै जेबी टुहुरे स्मृति ग्रन्थ पनि सार्वजनिकिकरण गरिनेछ ।
गायक जेबी टुहुरेको अवसानपछि उनकी छोरी निर्भिका टुहुरेले पिताको नाममा फाउण्डेसनको स्थापना गरी यो पुरस्कारको स्थापना गरेकी हुन् ।
पुरस्कृत साहित्यकार अनिल पौडेल पाथिभरा, हेदाङ्ना सँखुवासभामा जन्मेका हुन् । अनिरुद्र पौडेलको साहित्यिक नाम अनिल पौडेल हो । विसं २०३४ सालमा कविता प्रकाशन गरी साहित्यमा उदाएका उनका “आजको सवाई” (बिसं २०४२) सवाई, फुटेर फेरि मनहरु *बिसं २०४८), काठमाडौंदेखि सिक्किमसम्म (बिसं २०५३) नियात्रा सङ्ग्रह लगायतका कृतिहरु प्रकाशित छन् ।
उनका दुई गीत जेबी टुहुरेले पनि गाएका थिए ।
