राष्ट्रगानका लेखकको नगरगान अस्वीकृत

मुख्य समाचार

१८ साउन २०८०, काठमाडौं

नेपालमा गणतन्त्रको स्थापनापश्चात् परिवर्तन गरिएको नयाँ राष्ट्रगानका कवि व्याकुल माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएपछि साहित्यिक क्षेत्रमा विविध चर्चा र प्रतिकृया आएका छन् ।
चक्रपाणी चालिसेले लेखेको “श्रीमान गम्भिर नेपाली…..” राष्ट्रगानलाई व्याकुल माला लिखित “सयौं थुङ्गा फूलका हामी एकै माला नेपाली…” ले विस्थापित गरिएको थियो ।
सार्वजनिक आव्हान गरी निर्णायक समितिले व्याकुल माइलाको उक्त गीतलाई छनौट गरेको थियो ।
स्मरणीय छ, सरकारले कवि ब्याकुल माइलालाई राष्ट्रगानका लेखकको रुपमा निर्वाह भत्ता दिंदै आएको छ ।

(तस्वीर ब्याकुल माइलाको फेसबुकबाट)

1 thought on “राष्ट्रगानका लेखकको नगरगान अस्वीकृत

  1. एउटा गीत राम्रो भयो भन्दैमा अर्को राम्रो हुन्छ भन्ने छैन।

Leave a Reply