१६ साउन २०८०, काठमाडौं
कवि सागर फुयालको कविता तथा गीतहरू ‘आफैँलाई खोज्न मन छ’ नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा विमोचन भयो । वरिष्ठ साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, शिव परियार, देविका तिमिल्सिना तथा लेखकले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिकार फुयालको काव्यकारिताको चर्चा गरेका थिए भने वरिष्ठ साहित्यक पत्रकारहरूनगेन्द्रराज शर्मा, रोचक घिमिरे, शिव परियार, पवन आलोक, किशोर पहाडी, धीरकुमार श्रेष्ठ तथा राधेश्याम लेकालीले कृतिका वारेमा तथा शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा शिव परियारको स्वर तथा संगीत रहेको गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।
